
धरान,
धरानको औद्योगिक व्यापार मेलामा गायिक तृष्ण गुरुङले धरानेलाई नचाएकी छिन् । धरानमा जारी १० दिने औद्योगिक व्यापार मेला तथा जुत्ता–चप्पल मेलामा युवापुस्ताको लोकप्रिय गायिका तृष्णा गुरुङले धरानेलाई नचाएकी हुन् ।
खनी हो यामू ए कान्छा, गाइने दाजै लगायत आधा दर्जन गीत गाउँदै उनले धरानेलाई मनोरञ्जन प्रदान गरिन् । युवापुस्ताले मन पराएकी यी गायिका तृष्णालाई धराने दर्शकले पनि साथ दिए । उनी प्रायः मौलिक ग्रामीण शैलीका गीत गाउँछिन् ।
यसैबीच आज सोमबार साँझ चर्चित गायक दीपक लिम्बूको प्रस्तुति रहेको आयोजक सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाले जानकारी दिए । प्रचारप्रसार संयोजक मानबहादुर दियाली विश्वकर्माका अनुसार मेलामा दिनैपिच्छे राष्ट्रिय कलाकार आउने क्रम जारी छ ।
यसअघि मेलामा सांगीतिक कार्यक्रमको लागि अहिले सम्म धरानको वाल्किंग क्लाउड ब्याण्ड, चर्चित गायक शिव लामिछाने शिवाज, शिव परियार, चर्चित गायिका तृष्णा गुरुङ लगायतले मनोञ्जनात्मक प्रस्तुति दिइसकेका छन् । भोली मंगलबार चर्चित गायिका मेलिना राईलगायतको प्रस्तुति रहने इभेन्ट म्यानेजर सौरभ श्रेष्ठले जानकारी दिए ।