समाचारसमाजहेडलार्इन

अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासँग ३० लाख माग्ने छोरा पक्राउ

[mashshare]

मोरङ,

अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासँग फिरौती रकम लिने छोरालाई प्रहरीले पक्राउ गरेको छ । २४ वर्षिय मुकेश कुमार महतोलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजनिक गरेको हो ।

फागुन २३ गते घरबाट निस्किएका बुढिगंगा गाउँपालिका –३ का २४ वर्षिय महतोले सोही दिन आफ्नै बुबालाई अपहरणमा परेको भनी फोन गरेका थिए । घटना बारेका जानकारी पाएको जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा फागुन २६ गते सुनसरीको भान्टावारीमा मुकेश कुमारलाई फेला पारिएसँगै अपहरण नभई अपहरणको नाटक भएको खुल्न आएको हो ।

मुकेश पक्राउ परेसँगै फिरौतीको रकमसहित निजकै घरमा काम गर्ने २५ वर्षीय कृष्ण राजवंशीलाई समेत पक्राउ गरी बुधबार जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो । पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप ‘अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

महतोको फोनमा गत शुक्रबार बिहान करिब ११ बजे २४ वर्षीय छोरा मुकेशकुमार महतोको फोन आउँछ । भयभीत र त्रसित आवाजमा छोरा मुकेशले आफू अपहरणमा परेको भन्दै रुँदै बुबा शिवनारायण समक्ष विलाप गर्छन् । घरबाट हिँडेको करिब १ घण्टाको अवधिमा मुकेशको फोनले बुबा शिवनारायणलाई हतास बनाउँछ ।

मलिन स्वरमा अपहरणमा परेको जानकारी गराउँदै छोराले अपहरणकारीद्वारा ३० लाख रुपैयाँ फिरौती वा ज्यान गुमाउने धम्की दिएको सुनाएपछि बुबा शिवको अनुहार मलिन बन्छ, आवाज अवरुद्ध हुन्छ । छोराले फोन संवादका क्रममा प्रहरीलाई जानकारी गराए छोरा जिउँदो नभेट्ने धम्कीसहित अपहरणकारीले फोन अवरुद्ध बनाएको उनी बताँउछन् ।

छलफलपछि शनिबार उनी प्रहरी समक्ष घटनाको बेलिविस्तार गर्न पुग्छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा प्रहरीसँगको लामो छलफलपछि प्रहरीको टोलीले सुक्ष्म रुपमा अनुसन्धान अघि बढाउँदै जान्छ । सोमबार होलीका दिन पुनः बुबा शिवलाई फोन गर्दै छोरा मुकेशले आफूलाई कोशी ब्यारेज नजिक लुकाएको जानकारी दिन्छन् । फोनमा बताएअनुसार सोमबार अपराह्नतिर बुबा शिवले छोरोको ज्यान जोगाउन २१ लाख रुपैयाँ फिरौती रकम बुझाउँछन् । त्यसैक्रममा प्रहरीले बेलुका करिब ५ बजे प्रहरी निरीक्षक ऋषि ढकालको टोलीले मुकेशलाई सुनसरीको भण्टाबारीबाट नियन्त्रणमा लिन सफल हुन्छ ।
त्यसपछि प्रहरीले मुकेशलाई फिरौती बुझ्नेलाई रकम लिन आउँदै छु भन्न लगाउँछ, सोही अनुसार घटनाक्रम अघि बढ्छ । प्रहरी निरीक्षक ऋषिका अनुसार मुकेशसँगै फिरौती रकम बुझ्ने बाँसवारीकै कृष्ण राजवंशी प्रहरी नियन्त्रणमा पर्छन् ।

प्रहरी निरिक्षक ढकालले भने, ‘पक्राउ परेकाहरुले फिरौती रकममध्ये १ लाख १० हजार रुपैयाँ अशोक यादवलाई बुझाइसकेको थिए । त्यसैगरी, स्थानीय एक पेट्रोल पम्पमा २५ हजार रुपैयाँ डिजेलको तिरेको र मुकेशले १० हजार रुपैयाँ लहानकी प्रिती राजवंशीलाई उपलब्ध गराएको र २ हजार रुपैयाँ कृष्णले खर्च गरेको प्रहरीले जनाएका थिए ।’प्रहरीका अनुसार अपहरणको नाटक गरेका मुकेश आफैपनि टिफर, स्काभेटर भाडामा लगाउँदै आएका ब्यवसायी हुन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button