अर्थ खबरसमाचारहेडलार्इन

कालोबजारी गर्ने ८ पक्राउ, ७८ हजार थान मास्क बरामद

[mashshare]

काठमाण्डौं,

३ स्पैया पर्ने मास्क ३१ रुपैयामा बिक्री गर्ने व्यापारी पक्राउ परेका छन् । चिकित्सकीय प्रयोजनका लागि प्रयोगमा आउने मास्क कालोबजारीमा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले लुकाएर राखेको ७८ हजार थान मास्क समेत प्रहरीले पबरामद गरेको छ ।

महानगरीय प्रहरी बृत्त बानेश्वर र स्वयम्भुबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई डल्लु आवा मास्क कालोबजारी गर्ने ८ पक्राउ गरी ७८ हजार थान मास्क बरामद गरिएको प्रहरीले जनाएको छ । परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले महाँकाल मन्जु श्री ट्रेर्डस मार्फत बजारमा कृत्रिम अभाव हुने गरी फेस माक्स लुकाई छिपाई बढी मूल्यमा बिक्री गरिरहेको सूचनापछि छामा मारिएको बताए ।

प्रहरीका अनुसार, ३ रुपैयाँ प्रतिगोटा पर्ने मास्कलाई यो समुहले ३१ रुपैयाँमा बिक्री गरिरहेको थियो । परिसरले काभ्रेका निशान तामाङ मिन्टु तामाङ्ग, मानकाजी लामा, रामेछापका अनिष कार्की र शिव खड्का, बाजुराका थुमराज उपाध्याय, निर्प अधिकारी र काठमाडौंका उज्वल अधिकारीलाई पक्राउ गरिएको जनाएको छ । उनीहरु बिरुद्ध कालोबजारी ऐन अनुसार वृत्त स्वयम्भुले कारबाही अघि बढाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button