
धनकुटा,
धनकुटाका पत्रकार,ट्राफिक प्रहरी र एम्बुलेन्स चालकहरुलाई धनकुटा उद्योग बाणिज्य संघले माश्क,सेनिटाईजर र हेण्ड वास,ग्लोवर्स (पञ्जा) समाग्रीहरु सोमबार जिल्लामा वितरण गरेको छ । जिल्लामा कोरोना भाईरस (कोभिड १९) लाई फैलन नदिई नियन्त्रण गर्नका लागि धनकुटा उद्योग बाणिज्य संघले जनचेतना अभिवृद्धी गर्दै फिल्ड खटिने भएकाले जोखिमबाट पत्रकारहरु,ट्राफिक प्रहरी र एम्बुलेन्स चालकहरुलाई माक्स, सेनिटाईजर,हेण्ड वास र डिटोल सामुन लगायतका सामाग्रीहरु वितरण गरिएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईल जानकारी दिए ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,महासचिव राम वहादुर गोङ्वा तामाङ्ग,सचिव श्रीराम रायोमाझी,कोषाध्य रुपेश श्रेष्ठ,सदस्यहरु रेजिना पलिखे,लिजा श्रेष्ठ,रेवती प्रसाद अधिकारी,उज्वल कर्माचार्य ,धनकुटा उद्योग बाणिज्य संघका कार्यालय प्रमुख सिजन प्रधान लगायतले धनकुटा उद्योग बाणिज्य संघको तर्फबाट समाचार सम्प्रेष्ण गर्न दैनिक फिल्डमा खटिने,पत्रकारहरु र प्रत्यक्ष फिल्डमा काम गर्ने ट्राफिक प्रहरीहरु र एम्बेलेन्स चालकहरुलाई कोरोना भाईरस रोकथामका समाग्रीहरु वितरण गरिएका थिए ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा सम्पन्न भएको सामाग्री वितरण कार्यक्रमहरु पत्रकारहरुका लागि नेपाल पत्रकार महासंघ धनकुटाको हलमा त्यसैगरी ट्राफिक प्रहरीका लागि धनकुटा जिरोप्वाईन्टमा र एम्बेलेन्स चालकहरुका लागि धनकुटा अस्पताल परिषरमा ग्लोवर्स,माश्क लगायतका विभिन्न समाग्रीहरु वितरण गरिएको थियो । वितरण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नेगेन्द्र राईले कोरोना भाईरस बाट बच्न जनचेतना अभिवृद्धी गर्नु पर्ने र लक डाउनमा घरमानै वस्नु पर्ने एक मात्र विकल्प रहेको बताएका थिए ।
कार्यक्रमको संचालन महासचिव राम वहादुर गोङ्वा तामाङ्गले गरेका थिए । प्राविधिक सहयोग तथा सो समाग्रीहरु धनकुटा टेक्निकल इन्स्टिच्यूट अफ हेल्थ साईन्स धनकुटाका प्रवन्ध निर्देशक राम नारायण प्रसाद रामाले उपलब्ध गराएका हुन् । उक्त सामाग्रीहरु वितरण गदै धनकुटा बजार अनुगमन गरिएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो