
धनकुटा,
धनकुटा उद्योग वाणिज्य संघद्धारा जिल्लाको मुलघाटमा अवस्थित बिश्रान्तीका बृद्धा बृद्धाहरुलाई स्वास्थ्य तथा सुरक्षित सामाग्री बितरण गरिएको छ । ,कोरोना भाईरसबाट बच्नका लागि बुद्ध आश्रमका बृद्ध बृद्धाहरुलाई शनिबार उद्योग बाणिज्य संघले स्वास्थ्य सम्वन्धि परामर्श सहित माश्क,सेनिटाईजर,हेण्ड हाउस लगायतका सुरक्षित सामाग्रीहरु वितरण गरेको हो ।
उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,महिला उपाध्यक्ष निर्मला राई श्रेष्ठ,महासचिव राम वहादुर गोङ्वा तामाङ्ग,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्य लिजा श्रेष्ठ,मनोकामना फार्मेसी एण्ड स्वास्थ्य क्लिनिक मुलघाट धनकुटाका प्रमुख संचालक स्वास्थ्यकर्मी श्रवण कुमार शाहले लगायतका टोलीले उक्त बिश्रान्ती मन्दिर बृद्ध आश्रमका ४३ जना बृद्ध बृद्धाहरुलाई माश्क,सेनिटाईजर,हेण्ड वास लगायतका सुरक्षित सामाग्रीहरु वितरण गरेका हुन् ।
एकै ठाउमा ठूलो समुहमा बुद्ध बुद्धाहरु बस्दै आउनु भएकाले उहाहरुलाई कोरना भाईरसबाट बच्नका लागी उक्त स्वास्थ्य सामाग्रीहरु र सुरक्षित सामाग्रीहरु वितरण गरिएको संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए । प्राविधिक तथा स्वास्थ्य सहयोगका साथ केही स्वास्थ्य सामाग्रीहरु मनोकामना फार्मेसी एण्ड स्वास्थ्य क्लिनिक मुलघाट धनकुटाका प्रमुख संचालक स्वास्थ्यकर्मी श्रवण कुमार शाह र धनकुटा हेल्थ इन्टिच्यूट अफ हेल्थ साईन्स धनकुटाका प्रवन्ध निर्देशक राम नारायण रामाले उपलब्ध गराएको संघले जनाएको छ ।
सो अवरमा कोराना भाईसरको वारेमा संघका महासचिव राम वहादुर तामाङ्गले र कोरोना भाईरसबाट बच्ने उपाएको वारेमा र विभिन्न स्वास्थ्य सम्वन्धि मनोकामना फार्मेसी एण्ड स्वास्थ्य क्लिनिक मुलघाटका प्रमुख संचालक स्वास्थ्यकर्मी श्रवण कुमार शाहले जानकारी गराएका थिए । यसैगरी हात धुने तरिकाको वारेमा बाणिज्य संघका उपाध्यक्ष निर्मला राई, कोषाध्यक्ष रुपेश श्रेष्ठ र लिजा श्रेष्ठले बृद्ध बृद्धाहरुलाई प्रत्यक्ष रुपमा सिकाएका थिए । कार्यक्रम धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा भएको थियो भने कार्यक्रमको संचालन महासचिव राम वहादुर तामाङ्गले गरेका थिए ।