अर्थ खबरसमाचारहेडलार्इन

ईजराईलमा रहेका नेपाली द्धारा धरानका ५६ घरधुरीलाई दैनिक उपभोग्य खाद्यन्य सामाग्री वितरण (भिडियो सहित)

धरान,

ईजराईलमा रहेका नेपाली द्धारा धरानवासीलाई दैनिक उपभोग्य खाद्यन्य सामाग्री वितरण गरिएको छ । कोभिड – १९ (कोरोना) संक्रमणले गर्दा नेपाल सरकारले गरेको लकडाउनका कारण आफ्नो कार्यक्षेत्र ईजराईलमा बनाएर बसेका नेपालीले धरान–१५ गणतन्त्र टोलका सुक्मवासी(अव्यवस्थीत) ५६ परिवारलाई दैनिक उमभोग्य सामागी चामाल,दाल,चिउरा,नुन्,तेल र सोयाबिन वितरण गरेको हो ।

सुनसरी धरान –११ शान्ति चोक स्थायी घर भई लामो समय देखि ईजराईलमा कार्यरत ठुली चन्द्र कला कोयी राईको संयोजत्व र नेपालमा रहेका रमाईलो पूर्व कोशी मिडिया प्रा.लि का प्रबन्धक निर्देशक तथा पूर्वाञ्चल डि.बि.आर टिभी र कोशी पोष्ट डटकमका संचालक दिल बहादुर राईको सहकार्यमा धरान –१५ का ५५ घरधुरी र धरान –१३ का १ घरधुरी गरी जम्मा ५६ परिवारलाई आईतबार राहत स्वरुप खाद्यन्य सामाग्री वितरण गरिएको छ ।

धरान –१५ गणतन्त्र टोल बस्तीका अगुवा सन्तोष राईले कोशीपोष्टका संचालक तथा डि.बि.आर टिभीका संचालक दिल बहादुर राई लाई रिपोटिङको क्रममा आफ्नो बस्तीका केही विपन्न परिवारको चुला बल्न छाडेको अवस्था सुनाएपछि मिडियाकर्मीले बिदेशमा रहेका समाजसेवी ठुली चन्द्र कला राई संग सो समस्या सुनाएका थिए । विपन्न परिकवारको समस्या ईजराईलमा बस्ने चन्द्रकला राईले सुनेपछि अन्य ठाउँका असाहय,असक्त बृद्धा बृद्धलाई दिन तयार गरिएको ५० हजार रकमले सुक्मवासी बस्तीका विपन्न परिवारलाई राहत स्वरुव खाद्यन्य वितरण गर्ने निर्णय भएको थियो ।

बस्तीका विपन्न परिवारलाई ५ सय के.जी.चामाल,५५ के.जी दाल,५५ के.जी नुन्,५८ के.जी सोयाबिन,५० के.जी चिउरा ३० लिटर खाने तेल र ३० के.जी आलु बितरण गरिएको हो । ईजराईलमा रहेका चन्द्र कला राईको टिम र नेपालमा रहेका मिडियाकर्मी दिल बहादुर राईको पहलमा गणतन्त्र टोल बस्तीका विपन्न परिावारलाई खाद्यन्य सामाग्री वितरण गरिएको छ ।
कोभिड – १९ का कारण सरकारले देशमा लकडाउन गरेपछि दिनभरी कमाएर बेलुका छाक टार्ने परिवारको समस्या सुनेपछि आफु बिदेशमा भएपनि धरानवासी भएकाले ईजराईलमा रहेका नेपालीहरु संग संकलन गरिएको केही रकममा आफुले रकम थपेर विपन्न परिवारलाई खाद्यन्य सामाग्री वितरण गरौं भनी ईजराईलबाट रकम धरानका पत्रकार दिल बहादुर राई लाई पठाईएकाले संचारकर्मी दिल बहादुर राईको टोलीले राहत वितरण गरेको धरान –११ की ठुली चन्द्रकला राईले बताईन् । कोभिड –१९ का कारण ज्यालामजदुरी गरेर जिविकोपार्जन गदै आएका परिवारलाई राहत मिलोस भन्ने उद्देश्यले अन्य ठाउँमा दिन लागिएको सहयोग विपन्न परिवारलाई वितरण गरिएको चन्द्रकला राईले बताईन् ।

मुलुक लकडाउन भएको बेला जोखिम मोलेर सत्य,सत्य र निष्पक्ष समाचार संकलन तथा सम्प्रेषरणका लागि फिल्डमा गएको बेला गणतन्त्र टोल बस्तीमा विपन्न परिवारका अवस्था देखेपछि ईजराईलमा रहेका ठुली चन्द्रकला राई संगकोे सहकार्यमा विभिन्न आसाहाय ,अशक्त,बृद्धा बृद्धहरुलाई सहयोग गदै आएकाले संचारकर्मी राईले टोल बस्तीको अवस्था बारे जानकारी गराई भएको निर्णयले गणतन्त्र टोलका विपन्न परिवारलाई सहयोगका खाद्यन्य सामाग्री वितरण गरिएको संचारकर्मी राईले जानकारी दिए ।

ईजराईलमा लामो समय देखि कार्य क्षेत्र बनाएर काम गदै आएका ललितपुर सुनकोशी –२६ का धन माया थापा बाट २ सय सेकल,कागेसारी मनहरा थली –५ का अन्जु कार्की बाट ५१ सेकल,काठमाण्डौं बौद्धका समिर प्रधान बाट २ सय ५० सेकल ,सुनसरी धरान –१९ बिच गोप्पाका सरु राई बाट १ सय सेकल ,त्यस्तै धरान –१९ का पेमु राई बाट १ सय सेकल , सल्यानका नवराज ओली बाट ५५ सेकल , धरान रेल्वेका राधिका शाक्यबाट २ सय सेकल,मोरङ बेलबारीका मिना राई बाट १ सय सेकल र सुनसरी धरान –११ शान्ति चोकका ठुली चन्द्र कला कोयी राई बाट ५ सय ४२ सेकल गरी नेपाली ५० हजार रुपैयाले विपन्न परिवारालाई खाद्यन्य वितरण गरिएको हो ।

नेपाल सरकारले गरेको लकडाउनका कारण काम गर्न बाहिर जान नपाएका र घरमा खाने दैनिक उपभोग्य सामाग्री नभएका धरान –१५ गणतन्त्र टोलवासीहरुले राहत पाएपछि उनीहरु हर्षित भएका थिए । लकडाउन लम्बिदै गएकाले टोलका अधिकांश ज्यालामजदुरी गरेर जिविकोपार्जन गदै आएका टोलवासीका परिवाहरुमा दैनिक उपभोग्य सामाग्रीहरुको अभाव भईरहेको टोलका अध्यक्ष चन्द्र शेर्माले बताए । टोलवासीहरुमा खाद्यन्यको अभाव भएकाले के कसरी उनीहरुलाई राहत उपलब्ध गराउन सकिन्छ भनेर दाताको खोजी गरीरहेको बेला संचारकर्मी दिल बहादुर राई रिपोटिङको क्रममा आफ्नो टोलमा आएको बेला टोलको अभाव र समस्या सुनाएकाले राईले राहतको बन्दोबस्था मिलाई दिएको टोलका अग्रज सन्तोष रुम्दाली राईले जानकारी दिए ।

ईजराईलमा कार्यथलो बनाएर बस्नु भएका धरानका ठुली चन्द्रकला कोयी राई दिदीको संयोजत्व र धरानका संचारकर्मी दिल बहादुर राईको पहलमा टोलका विपन्न परिवारलाई राज्यले नदेखेका बेला राहत स्वरुप खाद्यन्य टोलवासीलाई वितरण गर्न पाउँदा पुन्यको काम गरेको महसुश गरेको रुम्दाली राईले बताए । मुलुक लकडाउनमा गएको १४ औं दिन बितिसक्दा राज्यले राहत वितरण गर्न ढिलाई गरीरहेको बेला बिदेश तथा स्वादेशमा रहेका व्यक्ति व्यक्ति मिलेर गणतन्त्र टोल बस्तीलाई खाद्यन्य वितरण गरी दिएकाले टोल बासीमा खुशी छाएको राईले कोशी पोष्ट डटकमलाई सुनाए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button