
तेह्थुम,
छथर गाउँपालिका वार्ड नं.–६ सुदापका वडाध्यक्ष टेकराज लिम्बुले स्थानीय राज कुमार लिम्बुलाई निर्धात कुटपिट गरेका छन् । घरायसी व्यावहारको निहुमा वडाध्यक्ष लिम्बुले ३३ बर्षिय राजकुमार लाई कुटेका हुन् । बिहिबार साँझबाटोमा हिडिरहेको बेला केही सल्लाह गर्न वडाध्यक्षले बोलाउन लगाउनुभएको छ भन्दै छिमेकी सन्तकुविर लिम्बु र उनकी श्रीमती ममताले राजकुमारलाई उनिहरुकै घरमा लगेका थिए ।
राजकुमारलाई देख्नेबित्तिकै वडाध्यक्ष लिम्बुले मेरो बारेमा नराम्रो कुरा गर्दै किन हिडेको भन्दै एक्कासी हातपात गर्न थालेको पिडितले जानकारी दिए । वडाध्यक्षको कुटाईबाट घाईते भएका लिम्बुको शरिरको बिभिन्न भागमा चोट लागेको छ । उनको कम्मर,ढाडको मुनीनिलडाम र चोट समेत परेको छ । पिडितका बृद्धा बुबाले छोरा अन्यायमा परेकोले गाँउका सबैलाई हारगुहार गरेपनि वडाध्यक्षको डरले राज कुमार लिम्बुको परिवार लाई स्थानीय कसैले सहयोग नगरेको पिडितका बुबा टिका प्रसाद लिम्बुले सुनाए । उनले भने ‘प्रहरी वा कसैसंग कुटपिटको बिषयमा कुरा गरे ज्यान समेत मार्ने धम्की अध्यक्षले दिएका छन्’
आफुलार्ई कुटपिट गर्नेलाई कार्वाहीको मागगर्दै तीनदिनपछि सोमबार लिम्बु ओख्रे प्रहरी चौकीपुगे । प्रहरीले अहिले तपाई जानुहोस म वडाध्यक्षलाई कार्वाही गर्छु भनेर पठाएपनि केही प्रकृया अगाडी नबढाएको पिडितको गुनासो छ । वडाध्यक्षलाई छलफलका लागी चौकीमा बोलाए पनि नआएको ओख्रे प्रहरी चौकीकाप्रहरी नायबनिरिक्षक कुलप्रसादपाण्डेले बताए । ‘उजुरी आउनेबित्तिकै उहाँलाई फोन गरेको हो तर अध्यक्ष ज्यू आउनुभएन’उनले भने । घाईतेको प्राथमिक स्वास्थ्य केन्द्र बसन्तपुरमा उपचार हुन नसकेपछि अहिले धरान ल्याईएको छ । पिडित लिम्बुको आर्थिक अवस्था कमजोर भएकाले उनकी श्रीमती जुना एक बर्ष देखीवडाध्यक्ष कै घरमाकाम सघाउदै आएकीछिन् । कोरोनाभाईरस संक्रमणको जोखिमको कारण सरकारले लक डाउनको घोषणा गरेपछि दैनिकी गुजरा चलाउन समस्या भएकाहरुलाई स्थानियतहले राहतवितरण गरिहेको छ । जिविकोपार्जमा समस्या भएका राजकुमारलाई राहतदिनुको साटो ज्यानै जोखिममा पर्ने गरी वडाध्यक्षले कुटेको प्रति वडावासी रुष्ट रहेको स्थानीय महेन्द्र मादेनको भनाई छ ।
वडाअध्यक्ष टेकराज लिम्बुलाई यो समाचार तयार गर्ने बेला सम्म टेलिफोन गर्दा मोबाईलमा केही सुन्दिैन भन्दै बहाना बनाएर कुरा गर्न चाहेन्न् । पिडित राज कुमार लिम्बुको आफन्त धरानमा रहेकी छ्यामा बाल कुमारी लिम्बुले वडाअध्यक्ष टेकराज लिम्बुलाई बिरामी अति नै सारो रहेछ धरानमा उपचार सक्दैन रे बिरामीलाई बिराटनगर लैजानु पर्ने भयो भनी टेलिफोनमा कुराकानी गर्दा वडाअध्यक्षले मलाई केही थाहाँ छैन तपाई को हो ? मैले धरानको बिजयपुर हस्पिटलमा पठाएको हुँ बिरामी उपचार गरेर घर फर्किसक्यो भनेर फोन काटी बोल्न नमानेको बताईन् ।
‘लकडाउन भएको अवस्थामा वडाअध्यक्षले किन यसरी निर्धात कुटपिट गर्यो हाम्रो आफ्न्तलाई कानुनी उपचार के हुन्छ ? बिरामीको अवस्था एकदमै गम्भिर छ अब कसरी उपाचार गराउने हो अहिले समस्या छ बिरामी झन झन सारो हुदै जादैछ ,वडाअध्यक्षले जिउभरी चोट लाग्ने गरी कुटेको रहेछ । घाईते हिड्डुल गर्न सकिरहेको छैन, खाना पनि खान सकिरहेको छैन वडाअध्यक्षलाई फोन गर्दा काट्छ वडाअध्यक्षले यो बेला राहत दिनु सहयोग गर्नु पर्ने बेलामा किन यसरी दादागिरी गरेको हो । हामीलाई दुःख लागेको छ ’ बालकुमारीले कोशी पोष्ट संग कुरा गदै भनिन् ।