अर्थ खबरसमाचार

धनकुटा र हिले बजारवासीले घरघरमानै तरकारी,दुध,ग्यास पाए

[mashshare]

धनकुटा,

धनकुटा र हिले बजारवासीले तरकारी, दुध ग्यास घर घरमै पाएका छन् । लक डाउनको समयमा उपभोक्ताहरुलाई सेवा पु¥याउने उदेश्यले धनकुटा उद्योग बाणिज्य संघद्धारा दैनिक उपभोग्य सामाग्री घरमै बिक्री गर्न थालिएकोे हो । आईतबार वाणिज्य संघको समन्य तथा स्थानीय प्रशासन र सुरक्षाकर्मीहरुको सहयोगमा धनकुटा र हिले बजारवासीले घरमै ताजा तकारी,दुध र खाना पकाउने ग्यास खरिद गरेका छन् । लकडाउनको समय उपभोक्तालाई सहजता होस भनेर आईतबार देखि गाडीबाट टोल टोलमा दैनिक अत्यावाश्यक सामाग्री विक्रि वितरण शुरु गरिएको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।

कोराना भाईरसबाट बच्नका लागि सरकारले लगाएको लक डाउनमा उपभोक्ताहरु तरकारी लगायत अत्यावाश्यक वस्तुहरु खरिद गर्न जान समस्या भएकोले बाणिज्य संघले व्यपारीहरुसंग समन्वय गरी स्थानीय प्रशासन र सुरक्षाकर्मीहरुको सहयोगमा गाडीबाट बजार घुमाउदै घर घरमानै लगेर विक्रि वितरण गर्ने व्यवस्था मिलाईएको उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए । उपभोक्ताको घर अगाडी सम्म दैनिक उपभोग्य तकारी दुघ लगायतका अत्यावाश्यक वस्तु तथा समाग्रीहरु विक्रि वितरण शुरु गरिएको संघका महासचिव राम वहादुर तामाङ्गले जानकारी दिए ।

दैनिक अत्यावाश्क वस्तुहरु धनकुटा बजारमा दैनिक रुपमा घुमाउदै उपभोक्ताहरुको घर घरमानै व्यापारीहरुले विक्रि वितरण गर्ने संघका कार्यकारी सदस्या नगेन्द्र काफ्लेको भनाई छ । बाणिज्य संघको समन्वयमा धनकुटा र हिलेबजारमा गाडी बाट घुमाउदै दैनिक अत्यावाश्यक वस्तु तथा समाग्रीहरु बजारबासीहरुको घरसम्म पु¥याई विक्रि वितरण गर्न शुरु गरेपछि बजारमा मानिसको भिडभाड कम भएको संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button