कृषीसमाचार

लकडाउनका कारण जडिबुटी बिक्री गर्न तराई झरेका संखुवा सभावासी तराईमा अलपत्र

धरान,

लकडाउनका कारण जडिबुटी बिक्री गर्न तराई झरेका संखुवा सभावासी तराईमा अलपत्र परेका छन् । कोरोना भाईरसका कारण लकडाउन भएकाले जिल्लाबाट व्यापार व्यवसाय गर्न र जाडो छल्न तराई झरेका संखुवा सभावासीहरुको बिचल्ली भएको हो । जडिबुटी बेच्नेहरुको उद्दार गर्न प्रदेश सरकारसंग माग गरेको छ । १ नम्बर प्रदेशको संखुवासभा जिल्ला शिङ्सा क्षेत्र भोटखोलावासी खेतीका याममा कृषि र पुस माघको जाडो याममा तराई तिर परम्परागत जडिबुटी डुलाई बिक्री गर्ने पेशमा आबद्ध छन् । शिङ्सा समुदाय हाल झापा, मोरङ, सुनसरी लगायत जिल्लाहरुमा बिचल्ली भएर बसीरहेका छन् ।

उनीहरु आफ्नो गाउँघर फर्कने खर्च सकिएपछि हाल खानको अभाव र बस्नको असुविधामा परेर समस्या परेका छन् । हिउँदमा जाडोबाट बच्न र वर्खालाई नुन तेल जोहो गर्न जडिबुटी बिक्री गर्न तराई झर्ने र खेतीको सिजनमा कृषि पेशा गर्ने उनीहरुको खेती लगाउने याम गुज्रन लागेको छ । खेतीको सिजनमा खेती र हिउँदको समयमा तराई झरेर जडिबुटी बिक्री गर्ने गरेको थाकमिक नुप्पा भोटेले जानकारी दिए ।

संखुवा सभावासीको उद्दारको बारे शनिबार धरान उपमहानगरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो । १ नम्बर प्रदेश सरकारको ध्यानाकर्षण गराउदै संखुवासभा जिल्ला शिङसा क्षेत्र भोटखोला गाउँपालिकाका ५७ जना बिचल्लीमा परेको भन्दै सबैको उद्दारको आव्हान गर्न पत्रकार सम्मेलन गरिएको हो । शिङसा कल्याण केन्द्र सुनसरीले पत्रकार सम्मेलनको आयोजना गर्दै बिचल्लीमा परेकालाई उद्दारको माग गरिएको छ । चैत्रको दोस्रो हप्तामा सबै घर फर्की सक्ने उनीहरु कोरोनाबाट बच्न भन्दै सरकारले लकडाउन गरेपछि बिचल्लीमा परेका हुन् । क्रमिक रुपमा लकडाउन लम्बिएपछि खेतीपाती गर्नबाट बन्चीत हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

‘हामी ५७ जनामा कसैको आधा परिवार आएका छन् कसैका घरमा ताला लगाएर आएका हुन्छन् कसैका घरमा बालबालिकाहरु मात्र छोडेर आएका छन् , अहिले यो लकडाउनले गर्दा तराईमा फसियो बिचल्लीमा परियो सरकारले उद्दार गरेन ’ नाम्टु सेकनेपेदेन भोटेले गुनासो गदै भने । ‘प्राय घरमा बालबालिकाहरु मत्र छन् अहिले विउ बिजन राख्ने समय हो । उनिहरुले बिउ बिजन के कति राख्ने भन्ने राम्रो ज्ञान हुदैन यो बेला बिउ बिजन नराखे पछि उब्जाऊ हुदैन हामीलाई चेकजाँच गरेर प्रदेश सरकारले गाउँ फर्कन दिए हुन्थ्यो ’ भोटेले दुखेसो पोखे ।

‘आधा परिवार हामी कोही तराईमा छौं कोही गाउँमा छन् यसरी परिवार बाँडिएकोले थप समस्यामा परेकाछौ । यस बेला शिङसा क्षेत्र भोटखोलामा धमाधम कोदोकको बिउ राख्ने कामको चटारो छ । यसरी बिउ राख्नको लागि पहिले बुक खन्नुपर्ने हुन्छ । त्यो खनिएको बुकलाई आगोले पोलेर खरानी बनाइन्छ । त्यही खरानीमा नै कोदोको बिउ ब्याडको रुपमा तयार पारेर राखिन्छ । त्यो काम निकै कठिन हुन्छ यो समय घरका सबै परिवार भेला भएर खेतीपातीको काम गर्ने गथ्यौं , तर यो साल भने हामीलाई खेती लगाउन समस्या भयो । समयमा खेती नलगाए के खाने सरकारले हामीलाई उद्दार गरेर गाउँ जान दिए अहिले सम्म गएर खेती शुरु गर्दा हुन्थ्यो बेला बित्न लाग्यो अब खै के गर्ने होला यो लकडाउन कहिले सम्म हो हामी जस्तो खेती किसान गरी खानेलाई धेरै नै समस्य भएको छ किन सरकारले हाम्रो कुरा सनिदिदैन यहाँ बस्दा खाने खर्च पनि सकिसक्यो के गरी घर फर्कनु पर्ने हो सबैको चिन्ताको बिषय बनेको छ ’ भुटिक हमुवा भोटेले समस्य सुनाउँदै भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button