राजनीतिसमाचार

कोरोनाको जोखिम क्षेत्र छुट्याई उद्योग चलाउने अनुमति दिनु पर्ने कांग्रेसको माग

मोरङ,

कोरोनको जोखिम क्षेत्र छुट्याई उद्योग संचालन गर्न दिनु पर्ने नेपाली कांग्रेसको माग छ । नेपाली कांग्रेस मोरङले कोरोना जोखिम कम भएका क्षेत्रमा उद्योग संचालन गर्ने सहज वातावरण बनाउन माग गरेको हो । लामो लकडाउनका कारण सुनसरी–मोरङ करिडोरका उद्योग धन्दा बन्द हुँदा त्यसले स्थानीय रुपमा पनि आर्थिक अवस्था जर्जर हुने र श्रमिकलाई जीवनयापनमै कठिन हुने भन्दै कांग्रेसले यस्तो माग गरेको छ ।

मोरङ कांग्रेसका विराटनगरमा उपलब्ध पदाधिकारी तथा सदस्यहरु सम्लिति बैठकले सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको जिल्ला सभापति डिकबहादुर लिम्बूले जानकारी दिएका छन् । उनले भने, ‘अधिक जोखिम, मध्यम जोखिम र कम जोखिम भएका क्षेत्र छुट्याएर सरकारले औद्योगिक र आर्थिक गतिविधि गर्न सहज गर्नुपर्छ भन्ने हामीले निर्णय गरेका छौं । यस विषयमा प्रदेश सरकारको पनि ध्यानाकर्षण गर्दैछौं ।’ सभापति लिम्बूले लामो लकडाउनका कारण गरिखाने वर्गको जीवनयापनमै समस्या हुन थालेको आफूहरुले समेत महशुुस गरेको सुनाए ।

मोरङ कांग्रेसले उद्योग र व्यापारमा परेको प्रभावको विषयमा बुधबार विराटनगरमा सामाजिक दूरी कायम राख्दै मोरङ व्यापार संघमा छलफल चलाएको थियो । अब दोस्रो चरणमा उद्योगमा काम गर्ने श्रमिकहरुसंग छलफल गरिने सभापति लिम्बूले जानकारी दिएका छन् । ‘उद्योग संचालकले नो वर्क नो पेको अवधारणा अघि सार्दै पारिश्रमिक दिन नसक्ने जनाउ दिई सकेकोले यसबारे श्रमिकको अवस्था र धारणा के छ भन्ने बुझ्न लागेका हौं ।’ आर्थिक र कृषि क्षेत्रमा सुरक्षित र सहज गतिविधिको पक्षमा कांग्रेस भएको सभापति लिम्बुको भनाई छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button