अर्थ खबरसमाचार

वितरक संघ हिले धनकुटाले नगरपालिकालाई ५१ ह्जार सहयोग ग¥यो

धनकुटा,

वितरक संघ हिले धनकुटाले धनकुटा नगरपालिकालाई ५१ ह्जार सहयोग गरेको छ । कोराना भाईरसलाई नियन्त्रण गर्न सरकारले लगाएको लक डाउनका कारण संकटमा परेका नगरवासीहरुलाई सहयोग नगरलाई टेवा पुगोस भन्ने उद्देश्यले संघ हिले धनकुटाले आईतबार नगरपालिकालाई ५१ हजार रुपैया हस्तान्तण गरेको हो ।

नगरपालिकाका मेयर चिन्तन तामाङ्गलाई एक कार्यक्रम बिच वितरक संघ हिले धनकुटाका अध्यक्ष तथा धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्ण राज श्रेष्ठले वितरक संघको तर्फबाट ५१ हजार रुपैयाको चेक दिएका हु्न् । सो अवसरमा धनकुटा नगरपालिकाका उपमेयर सकुन्तला वस्नेत,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, लगायत वितरक संघ हिले धनकुटाका सचिव र सदस्याहरुकोे सहभागीता रहेको थियो । वतरक संघले प्रदान गरेको चेक लिदै मेयर तामाङ्ग निजि क्षेत्रसंग सहकार्य गरेर अगाडी बढ्ने वताउदै सहयोगका लागि धन्यवाद ज्ञापन दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button