
धरान,
स्थानीया सरकारले २ पटक सम्म राहत वितरण गर्दा राहत नपाएका विपन्न ७० परिवारले राहत पाएको छ । धरान संखुवासभा सरोकार समाजका अध्यक्ष एवं नेकपा धरान वडा नं ३ का सचिव मिङ्मा भोटेको पहलमा मंगलबार विपन्न ७० घरपरिवारले राहत प्राप्त गरेको हो ।
वार्ड नं. ३ का स्थानीय जनप्रतिनिधिको उपस्थितिमा भोटेले पहल गरेको राहत ७० विपन्न परिवारलाई वितरण गरिएको छ । धरानको वडा नं ३ मा ७० विपन्न परिवारलाई उनले पहल गरेको राहत वितरण भएको हो । वडा नं ३ मा रहेका विपन्न परिवारको नामवली वडा कार्यालयले उपलब्ध गराएको परिवारको नामावलीअनुसार राहत वितरण गरिएको समाजमा अध्यक्ष भोटेको भनाई छ । नगद ७० हजार बराबरको राहत विपन्न परिवारलाई वितरण गरिएको भोटेले जानकारी दिए ।
७० विपन्न परिवारलाई १० किलो चामल, १ किलो दाल, १ प्याकेट तेल, १ किलो नुन् र आधा किलो सोयाविन नेकपा वार्ड नं. ३ का सचिव तथा धरान संखुवा सभा सरोकार समाजका अध्यक्ष मिङ्मा भोटेको पहलमा उपलब्ध गराईएको उनले कोशी पोष्ट डटकम संग कुराकानीमा बताए । सरकारले एकद्धावर प्राणाली लिएका कारण सहयोगी हातहरु र सहयोग गर्ने दाताहरुले लकडाउनका कारण बिहान बेलुका छाक टार्न कठिन भएका विपन्न परिवारलाई खुलेर सहयोग गर्न नपाउँदा सरकारको राहतको पर्खामा बसेका विपन्न परिवारलाई समस्या भएको सचिव भोटेको भनाई छ ।