
धरान,
धरान उपमहानगरपालिकाद्धारा होमडेलिभरीका सम्पुर्ण सेवा र पुस्तक पसल बन्द गर्ने निर्णय भएको छ । धरान उपमहानगरमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । विभिन्न फाष्टफुडहरुले घरघरमा सेवा प्रवाह गरिरहेको र अरू ठुला डिपार्टमेन्ट स्टोरहरूले पनि खाद्यान्नका सामाग्री ढुवानी गरीरहेकाले कोरोना सङ्क्रमणको उच्च जोखिमलाई मध्यनजर गदै अर्को निर्णय नभएसम्म सबै सेवा बन्द गर्ने निर्णय भएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिए ।
होम डेलिभरी गर्नुको साटो खाद्यान्न पसलहरू बिहान ६ बजे देखि ९ बजे सम्म लकडाउनमा अपनाउनुपर्ने नियमलाई कडाइका साथ पालना गर्दै उपभोक्ताहरूलाई सेवा दिन पाउने तर होमडेलिभरी तत्काललाई बन्द गर्ने निर्णय धरान उपमहानगरपालिकाले गरेको गरेको मेयर राईले बताए ।
धरान नगरका विद्यार्थीहरूलाई केन्द्रित गरी साताको दुई दिन पुस्तक पसलहरू खोल्ने निर्णय भएको थियो । सो निर्णय पनि जेष्ठ ०५ गते सोमबार देखि बैठकले खारेज गरिदिएको छ । धरानका स्टेशनरी व्यावसायीहरुले पुस्तक पसलमा अव्यवस्थित तरिकाले भिड बढाएको भन्दै भिडले कोरोना सङ्क्रमणको जोखिम बढ्ने भन्दै स्टेशनरी पसलहरु गरिएको छ । सोमबारको निर्णयले धरानमा जनक शिक्षा सामाग्रीका पुस्तक बिक्री गर्ने पसल र सम्पूर्ण स्टेसनरी पसलहरू बन्द हुने भएका छन् ।
धरान आसपासका जिल्लाहरुमा कोरोना सङ्क्रमण देखिएकाले धरानको लकडाउनलाई थप कडा बनाईने बैठकमा छलफल भएको नगर प्रमुख मेयर तिलक राईले जानकारी दिए ।