
धरान,
धरान एडिबी खानेपानी असफल परियोजना खानेपानी बोर्डले जिम्मा लिन नहुने संयुक्त संघर्ष समितिको छलफलमा निर्णय भएको छ । धरानमा परीक्षण कालमा रहेको २२० करोडको खानेपानी आयोजना असफल भएको भन्दै असफल आयोजनालाई धरान उपमहानगरपालिका तथा धरान खानेपानी व्यवस्थापन बोर्डले जिम्मा लिन नहुने सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिले निर्णय गरेको हो ।
असफल भएको आयोजना नेपाल खानेपानी संस्थानको धरान शाखालाई बोर्डमा गाभ्न नहुने संघर्ष समितिले निर्णय गरेको छ । समितिका संयोजक सुजेन्द्र गोलेको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले एक महिनाभित्र आयोजनाको प्राविधिकि र वित्तिय लेखा परिक्षणको प्रकृया अगाडि बढाउन र दोषीउपर कडा कारवाही गर्न माग गर्ने समेत निर्णय गरेको समितिका सचिव एवम् समाजवादी पार्टी धरानका अध्यक्ष ताजुव लिम्वुले जानकारी दिए । आयोजनाको डिपिआर विपरीत अतिरिक्त दुईवटा वेल निर्माणका सम्बन्धमा पनि तत्काल छानवीन गर्न बैठकले माग गरेको लिम्बुले बताए ।
बैठकमा समाजवादी पार्टीवाट ताजुव लिम्वु र हेमराज जिमी याक्खा, संघीय लिम्वुवान मञ्च तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अर्जुन खड्का र राम लिम्वु, राष्ट्रिय जनमुक्ति पार्टीका विष्णु थाम्देन, नेकपा क्रान्तीकारी माओवादीका पारस सुब्बा, मंगोल नेशनल अर्गनाइजेशनका भिम चाम्लिङ, नेपाल आदिवासी जनजाति महासंघका अन्दी भोटे, सामुदायिक वन उपभोक्ता महासंघका नन्दराज राई, लोकतान्त्रिक समाजका सागर प्रसाई, एकता नागरिक समाजका धनकुमार राई, हर्कराज राई र मदन राई, बुद्धिजीवी मुकेश थापा, नेपाली कांग्रेस सम्वद्ध युवाह? सुमित तामाङ, किरण श्रेष्ठ लगायतले आप्mनो विचार राखेका थिए ।
आयोजनाको डिपिआर तथा डिजाईनमा भूमिगत श्रोतवाट १ करोड ३ लाख लिटर प्रतिदिन वितरण गर्ने उल्लेख भएपनि आयोजना प्रमुख राजु पोखरेलले रिर्पोटमा ९०–९२ लाख मात्र भन्ने गरेको तर हाल आयोजनाले औसतमा ६२ लाख लिटर मात्र उत्पादन गरिरहेको संघर्ष समिति तथा आयोजना अनुगमन समितिका संयोजक गोलेले बताए । ‘आयोजनाले सन् २०३१ सम्म वृद्धि हुने जनसंख्यालाई १६ देखि २४ सै घण्टा ७ मिटरको प्रेसरमा शुद्ध खानेपानी उपलब्ध गराउने डिपिआर तथा डिजाईनमा भनिएतापनि हाल दिन विराएर १–२ घण्टा त्यो पनि पानी मोटरले तान्नुपर्ने गरी दिने गरेको र अधिकांश वडाहरुमा पानीको चरम अभाव भएपछि खानेपानी व्यवस्थापन बोर्डले ट्याङकरवाट समेत दैनिक पानी वितरण गर्नु परेको अवस्था विद्यमान रहेकोले यो आयोजना व्यवहारिक र प्राविधिक दुवै रुपले असफल भएको देखिन्छ ’ संयोजक गोलेले भने ।
https://www.youtube.com/watch?v=GgC5nesdZVU&t=3s