अर्थ खबरसमाचार

धरानका कांग्रेसद्धारा राहत हस्तान्तरण

धरान,

धरानका नेपाली कांग्रेसद्धारा राहत हस्तान्तरण गरेको छ । कांग्रेसले धरान उपमहानगरपालिका वडा नं. ११ मा राहत हस्तान्तरण गरेको हो । हिजो बुधबार कांग्रेसको ११ नं. वडा कार्यसमितिले संकलन गरेको १२ सय के.जी. चामाल वडा कार्यालयलाई हस्तान्तरण गरेको छ ।

कांग्रेसद्धारा संकलित राहत सामाग्री बुभ्mदै वडा अध्यक्ष बाबुलाल लामाले वडामा हाल राहतको अभाव भईरहेको अवस्थामा जिम्मेवार पार्टीको भूमिका निर्वाह गर्दै दुःख गरेर राहत संकलन गरी वडालाई प्रदान गर्नुभएकोमा धन्यवाद व्यक्त गरेका थिए् ।

कांग्रेसका ११ नं. वडा सभापति लोकेन्द्र फागोको अध्यक्षतामा भएको राहत हस्तान्तरण कार्यक्रममा पार्टीका जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र गोले, क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, राहत वितरण तथा अनुगमन समितिका सदस्य एवम् महासमिति सदस्य तथा नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापा, आमन्त्रित क्षेत्रीय सदस्य अरुण कटुवाल, नगर सचिव श्याम पोखरेल, सदस्य हरी थापा, पंचकला राई, तरुण दल नगर सदस्य विक्रम तामाङ लगायतको उपस्थिति रहेको थियो ।

धरान उपमहानगरपालिकाको एकद्धार नीतिलाई अवलम्वन गर्दै उपमहानगरपालिकासंग समन्वय गरी वडा कार्यालयलाई राहत हस्तान्तरण गरिएको वडा सभापति फागोले जानकारी दिए । पार्टीका जिल्ला, क्षेत्र, नगर सबै तहका नेताहरु साथै विभिन्न दाता महानुभावहरुको सहयोगमा राहत संकलन गरिएको बताउंदै सहयोगी मनहरुलाई फागोले धन्यवाद व्यक्त गरेका थिए ।

 

 

https://www.youtube.com/watch?v=g1m9LDudqPc

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button