कोरोनाको संक्रमणले लकडाउन भएको बेला अपराधिक गतिविधि बढ्यो

काठमाण्डौं,
कोरोना संक्रमणले लकडाउन भएको बेला बलत्कारको मारमा बालिका परेका छन् । लकडाउनको अवधिमा बलात्कार, आत्महत्या र घरेलु हिंसाले विकराल रूप लिएको छ । नेपाल प्रहरीले राष्ट्रिय मानवअधिकार आयोगलाई पठाएको अपराध प्रतिवेदनले यस्तो भयावह स्थिति देखाएको हो । झण्डै दुई महिनाको अवधिमा बलात्कारका घटना मात्रै १ सय ५५ वटा छन्।् । बलात्कारको मारमा बालिका बढी परेको तथ्याङ्कमा उल्लेख छ ।
सबै भन्दा बढी ३७ बलात्कारका घटना प्रदेश नम्बर ५ मा भएका छन्।् । प्रदेश १ मा २६, २ मा २५, ३ मा २०, ६ मा १५ र ७ मा १५ बलात्कारका घटना भएका छन्।् । गण्डकी प्रदेशमा ७ र उपत्यकामा १० वटा बलात्कारका घटना भएका छन्।् । यस्तै, ३१ वटा बलात्कार उद्योगका घटना भएका छन्।् । आत्महत्याका घटना पनि ३ सय दश पुगेका छन्।् । प्रहरी प्रतिवेदनले सबैभन्दा बढी आत्महत्या प्रदेश नम्वर ५ मा ६४ देखाएको छ ।
दोस्रोमा प्रदेश, २ मा ५९, गण्डकी प्रदेशमा, ८३, प्रदेश, ३ मा ४३, प्रदेश, १ मा ३६, प्रदेश, ७ मा २८, प्रदेश, ६ मा १७ र उपत्यकामा १५ वटा यस्ता घटना भएका छन्।् । घरेलु हिंसाका २ सय १० घटना भएका छन्।् । यस्तै प्रदेश २ मा सबैभन्दा बढी ४२ घटना भएका छन्।् । त्यस्तै प्रदेश ७ मा ४१ घटना भएका छन्।् । यस्तै प्रदेश ३ मा ३७, उपत्यकामा ३०, प्रदेश ५ मा २७, प्रदेश ६ मा १३, गण्डकीमा १७ र प्रदेश १ मा ३ वटा घरेलु हिंसाका घटना भएको प्रतिवेदन तथ्याङ्कले देखाएको छ । यस अवधिमा बाल यौन दुराचारका १७ घटना भएका छन्।् ।
यस्ता घटना बाहेक बोक्सीको आरोप, अवैध गर्भपतन, अप्राकृतिक मैथुन, बहुविवाह र बालविवाहका घटनामा समेत अस्वाभाविक बढोत्तरी भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । कुल अपराध संख्या ७ सय ७५ रहेका छन् । सबैभन्दा बढी अपराधका घटना प्रदेश २ मा १ सय ४२, त्यसपछि प्रदेश, ५ मा १ सय ३६ र प्रदेश ३ मा १ सय १३ छन्।् । ‘चैत ११ देखि वैशाख २७ गते सम्मको अपराधका घटना प्रहरीको प्रतिवेदनले देखाएको छ । तुलनात्मक विवरण नभए पनि छोटो समयको तथ्याङ्कले मानवअधिकारको अवस्था गम्भिर देखिन्छ’, आयोगका सचिव वेद भट्टराईले भने, ‘यो विषयमा आयोगमा छलफल भईरहेको छ ।
https://www.youtube.com/watch?v=d878ONBNCrA&t=226s