
काठमाण्डौं,
मोरङ रतुवामाईका थप १ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या नेपालमा ५ सय ७ पुगेको छ । मोरङमा १ जनामा कोरोना भाइरसको संक्रमण देखिएसंगै ५ सय ७ पुगेको हो । मोरोङको रतुवामाई( २ का ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ताले मोरोङका उनीसहित २० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् । ब्रिफिङका क्रममा शुरुमा उनले थप १९ जनामा संक्रमण देखिएको जानकारी दिएका थिए ।
तर सोही क्रममा थप १ जनामा संक्रमण देखिएपछि उनले मोरङमा थप १ जनामा संक्रमण देखिएको र कुल संक्रमितको संख्या ५०७ पुगेको जानकारी दिए । नेपालमा आज शुक्रबार मात्रै ५० जनामा संक्रमित देखिएपछि संक्रमितको संख्या ५ सय ७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
https://www.youtube.com/watch?v=YQro1sa_fRc