राजनीतिसमाचार

लकडाउन २ महिना नाघेपछि राजनीति दलले प्रदेश, स्थानीय र संघीय सरकार समक्ष विभिन्न माग

विराटनगर

मोरङका पाँच राजनीतिक दलले कृषि क्षेत्र तथा उत्पादनसंग सम्बन्धित समस्यालाई समाधान र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


लामो लकडाउनका कारण समग्र कृषिक्षेत्र र किसान ठूलो समस्यामा परेको भन्दै राजनीति दलले प्रदेश, स्थानीय र संघीय सरकार समक्ष विभिन्न माग राखेका हुन् । लकडाउन अवधिमा कृषि क्षेत्रको सहज संचालनको माग गर्दै मोरङका राजनीतिक दलले उत्पादित कृषिवस्तुको खरिद बिक्री र मूल्यको लागि पहल गर्न सरकारको धयानकर्षण गरेका छन् ।
नेपाली कांग्रेस मोरङको कार्यालयमा शनिबार बसेको बैठकले खाद्यान्नसंग सम्बन्धित सबै उद्योग संचालन गर्ने प्रबन्ध गर्नुपर्ने, स्थानीय तहमा उत्पादित तकारीजन्य वस्तु उपभोक्तासम्म पुर्याउन र आयातलाई रोक्न आवश्यक पहल गर्ने, सबै स्थानीय पालिकाहरुले आफ्नो पालिकालाई आवश्यक पर्ने मल, बीउ र विषधीको व्यवस्था मिलाउन आग्रह गर्ने भनिएको छ ।

सबै स्थानीय तहलाई आफ्नो पालिकाभित्र रहेका बाँझो जमिनलाई अनिवार्य बाली लगाउन कार्ययोजना बनाउन आग्रह गर्ने, विभिन्न ठाउँमा छरिएर रहेका तथा विदेशमा रहेका परिवारका सदस्यह?लाई घर फर्किने व्यवस्था मिलाउन स्थानीय तह, जिल्ला प्रशासन र प्रदेश÷स्थानीय सरकारलाई आग्रह गर्ने, वर्षासंगै दैवीप्रकोपबाट सिर्जना हुनसक्ने समस्यालाई पूर्वानुमान गर्ने र तत्काल व्यवस्थापन गर्नकार्ययोजना बनाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने जनाईएको छ । विराटनगर–रंगेली–रतुवामाई हुलाकी सडक र पुष्पलाल चोक–विराटचोक सडकलगायत अन्य निर्माणाधीन महत्वपूर्ण सडकहरु अविलम्ब सम्पन्न गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको हो ।

केही दिनदेखि विभिन्न स्थानमा सामाजिक सद्भाव बिगार्ने नियतले गरिएका प्रयत्नहरुलाई दलले नजिकबाट नियाली रहेको र यस्तो कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै दलले यसप्रति खेद व्यक्त गरेका छन् । इद पर्वको उपलक्ष्यमा मुस्लि समुदायमा शुभकामना दिने निर्णय गरेका छन् ।

बैठकपछि दलले संयुक्त रु?पमा जारी गरेको विज्ञप्तिमा नेपाली कांग्रेसका जिल्ला सभापति डिगबहादुर लिम्बू, नेकपा मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, रजपा नेपाल मोरङ अध्यक्ष मोहम्मद कादिर,समाजवादी पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादव र राप्रपा नेपालका मोरङ अध्यक्ष माधव आचार्यले हस्ताक्षर गरेका छन् ।

https://www.youtube.com/watch?v=uwu5CKKsPLo

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button