समाचारसूचना प्रबिधि

धरानमा लागूऔषध सहित प्रहरीद्वारा पक्राउ परेका युवायुवती सार्वजनिक

धरान,

धरानमा लागूऔषध सहित पक्राउ गरेका युवायुवतीलाई प्रहरीले सार्वजनिक गरेको छ । धरान ईलाका प्रहरी कार्यालयले लागूऔषध सहित पक्राउ गरेका युवायुवतीलाई सार्वजनिक गरेको हो ।


धरान– १५ बाँझगरा बस्ने वर्ष ४३ घनश्याम राई, धरान–१३ का वर्ष २९ को मन्दीप मगर त्यस्तै तेह्रथुम साविक मेन्छयायेम गाँउपालिका वार्ड नं. १ घर भई हाल धरान–१३ बस्ने वर्ष २५ की समिया लिम्बू सहित दुई युवा र एक युवती लाई प्रहरीले पक्रउ गरेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

लागूऔषधसहित पक्राउ परेपछि सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा थुनामा राख्ने अनुमति लिइ अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक ढुण्डीराज न्यौपानले जानकारी दिए ।

धरान–१३ स्थित डेरा गरी बस्ने मन्दीपको साथबाट १५० मिलिग्राम खैरो हिरोइन र मोबाइल सेट थान १ र समियाको कोठाबाट ३ (तीन) ग्राम गरी जम्मा ३ (तीन) ग्राम १५० (१ सय पचास) मिलिग्राम लागूऔषध खैरोहिरोइन जस्तो देखिने खैरो धूलो पदार्थ बरामद भएको प्रहरी उपरिक्षक न्यौपानेले बताए ।

समियाको कोठामा रहेको टेबुल माथि राखेको सेतो प्लाष्टिकको झोलामा राखेको नाइट्रोजन लेखिएको १५ (पन्ध) पत्ता ( १ सय पचास ट्याब्लेट बरामद भएको छ भने समियाकै कोठाबाट ८३ हजार नगद पनि बरामद भएको प्रहरीले जनाएको छ ।

https://www.youtube.com/watch?v=MaTqtBQGIQw

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button