समाचारस्वास्थ्यहेडलार्इन

नेपालमा थप ६ जनामा कोरोना पुष्टि संक्रमितको संख्या ६ सय ८२ पुग्यो,संक्रमणका कारण ४ जनाको ज्यान गयो

काठमाण्डौं

नेपालमा थप ६ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । अछाममा १, बर्दियामा ३ र पर्सामा १ र काठमाडौंमा १ गरी कुल थप ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

अछाम मेललेकका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । सेती प्रादेशिक अस्पतालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको हो । त्यसैगरी भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनाको कोरोना पोजिटिभ देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार गुलरिया १० बर्दियाका २२ र २४ वर्षीय पुरुष र गुलरिया २ बर्दियाका १८ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।

यस्तै नारायणी अस्पतालको प्रयोगशामा गरिएको परीक्षणमा दुई जनामा पोजिटिभ देखिएको छ। उनीहरु जिरा भवानी गाउँपालिका ४ पर्सा कालिकामाइको क्वारेन्टाइनमा रहेकामा १८ वर्षका पुरुष र काठमाडौं महानगरपालिका १५ घर भएका कलैयामा काम गर्नेमा कोरोना पोजिटिभ देखिएको हो। हालसम्म कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ। ११२ जना डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ । हालसम्म पीसीआर विधिबाट ५१ हजार ६ सय ४२ र आरडीटी विधिबाट ९५ हजार १ सय ९२ नमूना परीक्षण भएका छन्। गत २४ घन्टामा पीसीआर २ हजार ९ सय ४ र आरडीटी ५ हजार १ सय ६६ नयाँ नमूना परीक्षण भएका हुन्।

सबै प्रदेशमा आरडीटी परीक्षण भइरहेको छ । जसमध्ये प्रदेश १ मा १० हजार ८ सय २७ ,प्रदेश २ मा ६ हजार ४ सय ६८ मा ,बागमती प्रदेशमा २३ हजार ३१३ ,गण्डकी प्रदेशमा ७हजार ७०१ ,प्रदेश ५ मा १६हजार २१५ ,कर्णाली प्रदेशमा १० हजार ५८ र सुदूरपश्चिम प्रदेशमा २० हजार ६ सय १० गरी कुल ९५ हजार १ सय ९२ वटा आरडीटी नमूना परीक्षण भएका छन्। क्वारेन्टाइनमा ४६ हजार २९ रहेका छन्।् ।

यस्तै कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । बाराको करैयामाई गाउँपालिका(७ का ७० वर्षिय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । सोमबार सोमबार मात्रै उनको कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।

https://www.youtube.com/watch?v=8ZIqlIxS4S4&t=25s

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button