
काठमाण्डौं,
जापानद्धारा नेपाललाई १ अर्ब ३२ करोड सहयोग गरेको छ । जापान सरकारले नेपाललाई १ अर्ब १७ करोड जापानी येन अर्थात् १ अर्ब ३२ करोड नेपाली रुपैयाँ बराबरको अनुदान दिएको हो । नेपाललाई प्राकृतिक विपद्को प्रकोपबाट जोगाउन डिजिटल उचाइ मोडल र अर्थोफोटो कार्यान्वयन गर्न यो सहयोग प्रदान गरिएको काठमाडौंस्थित जापानी दूतावासले जनाएको छ ।
अर्थोफोटो हवाई माध्यम या स्याटेलाइटबाट ज्यामितीय मापनमा एकरुपताका साथ लिइने फोटामा उपलब्ध दूरी सहजै मापन गर्न सकिने विधि हो । नेपालमा भूकम्प तथा बाढी पहिरोको प्राकृतिक विपत्तिले ठूलो धनजनको क्षति हुन नदिन यो परियोजना कार्यान्वयनमा ल्याउन लागिएको हो । यो परियोजनाले बाढीपहिरोको जोखिम न्यस्नीकरणका लागि सहयोग पु¥याउनेछ । जोखिमको अवस्था पत्ता लगाएर त्यसको पूर्वतयारीका लागि सघाउने र खासगरी नेपालको तराईका जिल्लामा हुने डुबानबाट जोगाउने बताइएको छ ।
उक्त सहयोग सम्बन्धी सम्झौतामा अर्थसचिव शिशिरकुमार ढुंगाना र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले हस्ताक्षर गरेका छन्।् जापान अन्तर्राष्ट्रिय सहयोग संस्था (जाइका)ले कार्यान्वयन गर्ने यो परियोजना कार्यान्वयन सम्बन्धी सम्झौतामा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल र जाइका नेपालका मुख्य प्रतिनिधि असाकुमा युमिकोले हस्ताक्षर गरेका छन्।
https://www.youtube.com/watch?v=uzAHU4j5_FE&t=12s