समाचारस्वास्थ्य

नेपालमा थप १२ जनामा कोरोना देखियो,कोरोना संक्रमितको संख्या ६ सय ९२ पुग्यो

काठमाडौं

नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएपछि संक्रमितको संख्या ६ सय ९२ पुगेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा वीरेन्द्रनगरका ८ र सुर्खेतकै सिम्ता र भेरी गंगा गाउँपालिकाका २ ÷२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मी नारायण तिवारीले जानकारी दिएका छन् । संक्रमित १२ मध्ये एक महिला र बाँकी सबै पुरुष छन् । १२ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या ६ सय ९२ पुगेको हो ।

https://www.youtube.com/watch?v=uwu5CKKsPLo&t=8s

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button