अर्थ खबरसमाचारहेडलार्इन

समाचार प्रभाव ः पानबारीमा थलिएका राई दम्पत्तिले राहत पाए ,आर्थिक सहयोग जुट्दै

पानबारी,

धरान उपमहानगरपालिका वार्ड नं. ६ पानबारीका राई दम्पतिले राहत पाएका छन् । केही समय देखि बिरामले थलिएका आर्थिक अभावले उपचार गराउन नपाएका राईको बारेमा कोशीपोष्ट डटकम र पूर्वाञ्चल डि.बि.आर टिःभीमा समाचार र भिडियो सार्वजनिक भएपछि भिडियो र समाचार हेर्न साथ केही सहयोगी हातहरुले भोजराज राई दम्पतिलाई आर्थिक तथा खाद्यन्यले सहयोग गरेका हुन् । राई क्यान्सर रोगले थलिएका छन् भने उनका श्रीमती आँखा फुलो परेर देख्दिनन् । राई दम्पतिले काम गर्न नसक्ने भएपछि बिहान बेलुका चुलो बाल्न र उपचार गर्ने खर्च जुटाउन उनीहरुलाई समस्या हुदै आएको थियो ।

धरान संखुवा सभा सरोकार समाजले माथिल्लो पानबारीमा निशुल्क चुलो बितरण कार्यक्रममा कोशीपोष्ट र पूर्वाञ्चल डि.बि.आर टिःभीका टिमलाई समाचारका लागि बोलाको थियो,सो कार्यक्रममा गएको बेला वडा नं. ६ का माहिला वडा सदस्या गोमा गौतम (खनालले) भोजराज राईको पिडा सुनाउदै समाचार लेखी दिन अनुरोध गरेकी थिइन् , पत्रकारले राई दम्पतिको वास्तविकता पिडालाई समाचार र भिडियो बनाएर सार्वजनिक गरी दियो सो समाचार र भिडियो हेर्न साथ होप धरान र धरान – ८ का स्थानीय युवाहरुले दम्पतिलाई सहयोग गर्ने जानकारी गराए ।

स्थानीय जनप्रतिनिधि गोमा खानाल सहित आइतबार होप धरानको टिम पुगेर केही खाद्यान्न, बिस्कुट, तरकारी लगायत दैनिक उपभोग्य सामाग्री प्रदान गरेका हुन् । टिमका अध्यक्ष निश्चल मोहन पलिखेको अगुवाई र धरान –८ निवासी हङकङ बस्ने विन्दिया राईको सहयोगमा नगद सहित खाद्यन्य हस्तान्तरण गरिएको होे । धरान –८ निवासी सुन्दर राई र दिनेश राईले नगद ५ हजार ५ सय ५ रूपैयाँ हस्तान्तरण गरेका छन् । दम्पतिलाई खाना पकाई खाने समस्या भएकाले अध्यक्ष पलिखेले (आज) सोमबार ग्याँस लगायत केही भाँडाबर्तन पनि दिने जानकारी गराएका छन् ।

भोजराज दम्पतिलाई सहयोगी हातहरुले सहयोग गर्न थालेकाले धरान वार्ड नं. ६ का स्थानीय जनप्रतिनिधि गोमा खनाल (गौतम), धरान वार्ड नं. ३ नेकपाका वडा सचिब मिङ्मा भोटे र धरान वडा नं.३ का जनप्रतिनिधि महिला वडा सदस्या उषा सुब्बाले पनि पिडित दम्पतिलाई आर्थिक सहयोगको पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

भोजराजा दम्पतिको पिडादायक वास्तविकता अवस्था कोशीपोष्ट डटकम र पूर्वाञ्चल डि.बि. आर. टिःभीमा समाचार भिडियो एकसाथ सार्वजनिक भएपछि भिडियो हेरेर ईजराईयल बाट ठुली चन्द्रकला कोयि राईले सामजिक सञ्जालमा फोन गदै भनिन् ‘तपाईको मिडियाले दुःख लाग्दोे बा आमाको समाचार र भिडियो बनाएको रहेछ मेरो मन छोयो म पनि त्यही धरान ११ मा बस्छु मेरो घर पनि त्यही छ तर अहिले म रोजगारीका लागि ईजलाईयल आएकोछु मेरो मन नेपालमै छ तपाईहरुले लेखेको समाचार र भिडियो मलाई मन पर्छ वास्तविकता सत्य घट्नालाई सबैमाझ देखाई दिनु हुन्छ त्यसैले तपाईको मिडियामा पोष्ट भएका सबै समाचार भिडियो म हेर्छु केही दिन अघि भोजराज बा आमाको अवस्था बारेमा पनि समाचार भिडियो पोष्ट गर्नु भएको रहेछ मैले हेरे मलाई पनि दुःख लाग्यो हामी नेपाली धनले धनी हुन नसकेतापनि मनले धनी छौ भाई, केही दिन पछि मेरो जन्म दिन पर्छ त्यो दिन म साथीभाईलाई खुवाउने खर्च नेपाली २५ हजार नगद र केही खाद्यन्य सामाग्री त्यो बा आमालाई दिन्छु मेरो छोराको नाममा म पैसा पठाई दिन्छु छोरा सहित तपाईको साथीभाई संग गएर बा आमालाई सहयोग गरी दिनु होला भाइर्, हामी यहाँ विदेशमा दुःख गरेता पनि त्यस्ता दुःखको भिडियो र समाचार देखेपछि मनदेखि नै सहयोग गरौ जस्तो लाग्छ धेरै नभएपनि मैले सकेको सहयोग गर्छु भाई ’ ईजलाईयल बाट भावुक हुदै ठ्ली चन्द्रकला कोयि राईले सहयोग गर्ने प्रतिबद्धता गरिन् ।

भोजाराज दम्पतिको अबस्था बारे अगाडी समाचार र भिडियो यस्तो बनेको थियो

राई दम्पति भोग र रोगमा

श्रीमतीले आँखा देख्दीनन् , श्रीमानको कन्चटबाट डाक्टरले ८५ वटा किरा निकाली दियो (भिडियो सहित)
पानबारी÷ दिल बहादुर राई

धरान उपमहानगरपालिका वार्ड नं. –६ पानबारीमा बस्दै आएका भोजराज राई र उनको श्रीमती कान्छी माया राई भोग र रोगले पिडित रहेका छन् राई दम्पति टिन र बाँसले बनाएको सानो घरमा बसोबास गर्छन् । दुःख बिराम नभए सम्म उनीहरु गाँउघरमा खेतलापात र ज्यालामजदुरीले जिविकोपार्जन गदै आएका थिए । ‘मेरो कन्चट्मा कालो कोठीमा घाऊ भएको थियो पछि निको पनि भइसकेको थियो त्यो घाऊ सानो थियो अनि मैले सोचे निको भयो होला भनेर पछि घाऊ दुख्न थाल्यो श्रीमतीलाई हेर्न लगाए केही पनि छैन भनिन् त्यो घाऊमा थाहै नपाई किरा परी सकेको रहेछ एक दिन राती सुत्न नसक्ने गरी दुख्यो फेरि श्रीमतीलाई हेर्न लगाए देखेन डाक्टले घाऊ चिरेर ८५ वटा किरा निकाली दियो त्यस बेला पो म त छक्का परे’ भोजराजले पिडा सुनाउदै भने ।

भोजराजको श्रीमती कान्छी मायाले कोशी पोष्ट डटकम संग कुरा गदै भनिन् ‘बुढाको घाऊमा त्यति धेरै किरा परीसकेको रहेछ मैले कति हेरे तर देखिन,घरमा छोरा एकजना छ् तर छोराले खासै काम गर्दैनन्, पैसा पायो भने जाँड–रक्सी खान्छ बाहिर हिँड्छ । उसको बाबुलाई क्यान्सर रोग लागेको छ म आँखा देख्दीन बुढेसकालमा रोग र भोगलले हामीलाई थला पारेको छ, आफु आँखा फुलो परेकाले बिरामी छु एउटा आँखा आँखा होइन रहेछ वडा सदस्या गोमा बहिनीले राहत मिलाई दिनु भयो त्यसैले चुला बल्दैछ कहाँ जानु कस्लाई के भन्नु हामी पिडित छौं कसैले सहयोग गरी दिए पनि हुन्थ्यो नि खै कहाँ जानु के गर्नु पर्ने हो ’ ।

राई दम्पति दुवैजना काम गर्न सक्दैनन् । काम गर्ने मान्छे कोही छैनन्, खान छैन, दुवैको उपचार गर्ने खर्च समेत छैन । भोजराजको कान छेउमा घाऊ भएर भित्रभित्रै पाकेर ८५ वटा किरा भेटिएपछि बीपी प्रतिष्ठान पुगेका थिए । प्रतिष्ठान पुगेपछि चिकित्सकले क्यान्सर भएको भन्दै अप्रेसन गर्न लगाए । आर्थिक समस्याले थलिएका भोजराजलाई पहिलो पटक छोरी–ज्वाइँ र गाउँलेले सहयोग गरेर अप्रेसन सफल भयो, तर हप्तैपिच्छे चेकजाँच गर्ने खर्च अभावका कारण भोजराज अस्पताल जान सकेका छैनन् ।

‘राईले कोशीपोष्ट डटकम संग कुरा गदै भने ‘डाक्टरले हप्तैपिच्छे अस्पताल आउनु भन्नुभयो तर खर्च छैन कसरी जानु खाने खर्च त छैन चेकजाँचमा त जानु पर्ने हो बेला बेला घाऊ दुख्छ पैसा छैन, अस्पताल जानु सकिएको छैन । खर्च अभावले नै श्रीमतीको पनि आँखाको उपचार गर्न सकिएन यो उमेरमा कहाँ जाने कस्लाई माग्ने छोराले काम गदैन छोरीहरु अर्काको घर गईसके हामीलाई पहिला त सहयोग गरेका थिए छोरी ज्वाइँले सरकारले सहयोग गरी दिनु भए हुन्थ्यो नि’ भोजराजले पीडा सुनाउँदै भने । ‘श्रीमतीले एउटा आँखा अलि अलि देख्छु भन्छ खर्च अभावमै उपचार गर्न सकिएन’ राईले थपे । उनीहरूले उपचारका लागि सहयोगको आह्वान गरेका छन् । ‘डाक्टरले बीपी प्रतिष्ठानमै उपचार हुन्छ भनेका छन्, हामीलाई सहयोग गरिदिए हामी स्वस्थ हुन्थ्यौं र काम गरिखाने थियौं, सबैलाई सहयोगको आग्रह गर्दछौं ’। उनीहरुले अनुरोध गरेका छन्

‘राई दम्पतिलाई गाउँघरका छरछिमेक र आफुले सकेको सहयोग गदै आएको स्थानीय जनप्रतिनिधि गोमा खनाल (गौतम)ले बताईन् । ‘अहिले लकडाउन छ मेरो अगुवाईमा गाउँघरमै केही सहयोग मागेर उपचार गराएयौं राहत पनि उपलब्ध गराएकाछौं मैले जानेबुझेका साथीभाईहरुलाई भोजराज दम्पतिको समस्या सुनाएर सकेको सहयोग गरीदिनुहोस भन्दै आएकोछु तर यो बेला सबैले सहयोग गर्न सकेका छैनन् देशमा महामारीले सबैलाई सताएको छ, त्यसैले पनि होला सहयोग भईरहेको छैन हामी छरछिमेकीले सकेको सहयोग गदै आएकाछौं’ वडा सदस्या खनालले कोशीपोष्ट डटकम संग कुरा गदै बताईन् । ‘काम नगरी उहाँहरूको हात मुख जोर्ने अवस्था छैन, उपचारका लागि उनीहरु संग पैसा छैन अहिले यो लकडाउनको अवधिभरलाई केही राहत दिएका छौं, उनको परिवारलाई केही दिन खान पुग्ला, त्यो समयपछि के गर्ने भन्ने चिन्ता बढ्दो छ । मिडियामा यो समाचार छापिएपछि कतै दयाँलु मन भएका सहयोगी हातहरुले सहयोग गर्नुहुन्छ कि भन्ने अपेक्षा गरेका छा,ैं । साथै तपाईको यस मिडिया मार्फत भोजराज दम्पतिकोे उपचारका लागि सबैसँग सहयोगको अपिल पनि गर्दछु’ वडा सदस्या खनालले अनुरोध गदै भनिन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button