राजनीतिसमाचार

समावेशी लोकतान्त्रिक गणतन्त्र व्यवहारमा लागु गर्नुपर्ने

धनकुटा,

प्रदेश नम्वर १ का निर्वतमान प्रदेश प्रमुख प्रध्यापक डा.गोविन्द्र तुम्वाहाङ्ग सुब्बाले समाशी लोकतान्त्रिक गणतन्त्रलाई व्यवहारमा लागु गर्नु पर्नेमा जोड दिएका छन् । प्रदेश नम्वर १ का निर्वतमान प्रदेश प्रमुख प्रध्यापक तुम्वाहाङ्ग सुब्बाले आज ( बुधबार) नेपाली कांग्रेस धनकुटाद्धारा प्रविधि मैत्री जुम मार्फत आयोजना गरिएको समावेशी लोकतान्त्रिक गणतन्त्र विषयक अन्र्तक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।


समावेशी लोकतान्त्रिक गणतन्त्रको सही प्रयोग भएमा सवैको प्रतिनिधित्वको सुनिश्चित हुने र सवैले अवसर पाउने वताउदै प्रदेश नम्वर १ का निर्वतमान प्रदेश प्रमुख प्रध्यापक सुब्बाले मुलुकमा अहिले सही रुपमा गणतन्त्रको कार्यन्वयन हुन नसकेको समेत बताएका छन् । सरकार एक्लैले मुलुकमा विद्धमान समस्याहरु समाधा गर्न नसक्ने वताउदै सुब्बाले वर्तमान सरकारले सवैसंग सहकार्य र सहमतीका साथ अगाडी बढ्नु पर्नेमा जोड दिएका हुन् । कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठले सरकार दिन प्रदिन असफल बन्दै गएका बताए ।

नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न भएको उक्त जुम मार्फत सिर्जना प्रस्तुती कार्यक्रममा कोषाध्यक्ष दिनेश राईले स्वागत मन्तव्य राखेका थिए । जिल्ला सदस्या निर्मल ओझाले कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेका थिए भने कार्यक्रममा सहजीकरण जिल्ला सचिव विजय सन्तोषी राई ,पूर्व सहसचिव राजन पौडेल,प्रदेश निर्वाचन क्षेत्रिय कार्यसमिति क्षेत्र नं. १ का धनकुटाका सभापति जितेन्द्र राईले गरेका थिए ।

https://www.youtube.com/watch?v=tR6eBfsPsus&t=7s

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button