
बाङ्गे,
दुवै मृगौला फेल भएकी चम्पा मायाको उपचारका लागि आर्थिक संकलन हुन थालेको छ । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपलिका वडा नं. ३ बाङगेकी चम्पा माया राईको उपचारका लागि देश तथा बिदेशबाट आर्थिक सहयोग जुट्न थालेको हो । राईको दुवै मृगौलामा समस्या देखिएपछि आर्थिक अभावले छट्पटाएर बस्न बाध्य थिइन् । कोशीपोष्ट डटकममा समाचार प्रकाशन र पूर्वाञ्चल डि.बि.आर टिःभीमा भिडियो प्रसारण गरेपछि धेरै सहयोगी मनहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । समाचार र भिडियो हेरेपछि धरान ११ का ठुलीचन्द्रकला कोयि राईले आफ्नो जन्म दिनको अवसरमा गत सोमबार मृगौला पिडित राईलाई नगद र खाद्यन्य सामाग्री उपलब्ध गराएकी छिन् । चन्द्रकला हाल ईजलाईयलमा कार्यरत छिन् । राईले आफ्नो जन्मदिनमा साथीभाईलाई मिठोमसिनो खुवाउने रकम दुवै मृगौला फेल भएकी चम्पा मायालाई नेपालमा रहेको छोरा जेम्सको हातबाट ५० केजी चामाल, ३ लिटर तेल,२ केजी हरियो मटर,३ केजी दाहाल,१ दर्जन साबुन,३ केजी नुन, २ केजी भुजा, १ केजी दालमोट लगायत दैनिक खाद्यन्य सामाग्री र १७ हजार नगद हस्तान्तरण गराकी थिइन् ।
‘तपाई संचारकर्मीहरुले ओझेलमा परेका र पिडित भएर साहारा नपाएकाहरुको भिडियो सहित समाचार लेख्नु हुन्छ त्यो देखेपछि हामी बिदेशमा दुःख गरेर बस्ने नेपालीको मन रुवाउछ नेपालको याद आउँछ अनि यस्ता बिरामीलाई सकेको सहयोग गर्न मन लाग्छ’ चन्द्रकलाले कोशीपोष्ट डटकम संग कुरा गदै भनिन् । ‘हामी बिदेश आएपछि नेपालको धेरै याद आउँछ आफ्नो देशको मायाँ लाग्छ,त्यसमा जो कोही नेपालीलाई परेको दुःख र समस्याले मन पोल्छ त्यसैले चम्पा माया जस्ता थुप्रै दिदीबहिनी र दाजुभाईलाई मैले ईजलाईयल देखि सहयोग गरेको छु । मैले धनले भन्दा पनि मनले सहयोग गरेको हुँ , नेपाली धनले गरिब होला तर मनले धनी हुन्छन् त्यसैले त गरिब ,दुःखी असक्क्त,बेसाहाराहरुले नयाँ जिवन पाएका छन् । यो सबै हुनुमा कोशीपोष्ट डटकम अनलाईन मिडिया र पूर्वाञ्चल डि.बि.आर टिःभी जस्ता अन्य मिडियाहरुले पनि राम्रो समाचार सबै माझ ल्याईदिनुहुन्छ त्यसैको प्रभावमा म जस्ता बिदेशमा दुःख गर्न आएका नेपाली पर्छन् र सबैले सहयोग गर्छन् । आजभोली कोशीपोष्ट डटकम र पूर्वाञ्चल डि.बि.आर टिःभीले कुना कन्दरा र ओझेलमा परेका समाचार र भिडियो बाहिर ल्याई समाजमा महत्वपूर्ण भुमिका खेलेको जस्तो लाग्छ मलाई मैले जस्तै सबै साथभाईले चम्पा मायालाई सहयोग गर्ने हो भने उनले नयाँ जिवन चाडै पाउछिन् ’ चन्द्रकलाले मृगौला पिडितलाई सहयोग गर्न प्रेरित गदै भनिन् ।
गत सोमबार जेष्ठ २६ गते ८ तारिका दिन ठुली चन्द्रकला कोयि राईको जन्म दिन परेको थियो । सो दिन राईले ईजलाईयलबाट नेपाली ३० हजार नगद छोरा जेम्सलाई पठाई १३ हजार बराबरको लत्ताकपडा र खाद्यन्य सामाग्री र नगद १७ हजार छोराको हातबाट हस्तान्तरण गराएकी थिइन् ।