समाचारसमाज

सुनसरीको इनरूवामा भिषण आगलागी

इनरुवा,

सुनसरीको इनरुवा बजारमा भिषण लागलागी भएको छ । इनरुवा बजारको हनुमान बस्त्रालय र सृजना फाईनान्समा भिषण आगलागी भएको हो । आज (आईतबार) बिहान ५ बजेबाट आगलागी शुरु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि इटहरीको दमकलले प्रयास गरिरहेको प्रहरीले बताएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन । थप विवरण आउन बाँकी छ । इनरुवा १ मा रहेको हनुमान बस्त्रालयमा आगलागी नियन्त्रण गर्न दमकल नहुदा बढि क्षती भएको स्थानीयहरु बताउँछन् । इनरुवा नगरपालिकाको दमकल केही समय देखि विग्रीएर थन्किएको छ । थन्किएको दमकल बनाउन नगरपालिकाले खेलाची गर्दा इनरुवा बजारमै भएको आगलागी नियन्त्रणमा ढिलाई भएको हो

https://www.youtube.com/watch?v=R85LNwUYFrI&t=26s

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button