समाचारसमाज

४२ वर्षीय जबेगु आफन्तको घरमा झुण्डिएर आत्महत्या

धरान,

सुनसरीको धरान १३ सुर्यमार्गमा एक व्यक्तिले झुण्डिएर आत्महत्या गरेका छन् । आफन्तको घरमा बस्दै आएका ४२ बर्षीय रामकुमार जबेगु सोमाबार (आज) बिहान कोठामा झुण्डिएर मृत अवस्थामा फेला परेका हुन् । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार मृतक जबेगु अत्यधिक मदिरा सेवन गर्ने बानी भएको खुलेको छ । स्थायी पाँचथर घर भए पनि उनी विगत डेढ दशकदेखि धरान बस्दै आएका थिए ।

आवश्यक प्रक्रिया पुरा गरी शव पोष्टमार्टमको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी लगिएको प्रहरी निरीक्षक ओलीले जानकारी दिए ।  छिमेकीका अनुसार जबेगुले आफु सुत्ने कोठाको झ्यालको ग्रिलमा पासो लगाएर आत्महत्या गरेको अवस्थामा बिहान भेटिएका थिए । उनले ग्रिलमा मफलरले पासो लगाएका थिए ।

स्थानीयबासी एवं सञ्चारकर्मी सञ्जय याक्खाका अनुसार उनी हिजो बिहानै घरबाट हिडेको र दिउँसो करिब ३ बजेतिर आएर कोठामा छिरेको आफन्तजनले जानकारी दिएका छन् । एक, डेढ बर्षअघिसम्म गाडी चालक थिएछन, मदिरा धेरै पिउने र माते पछि मानसिक सन्तुलन गुमाएर अस्वभाविक व्यवहार देखाउने गरेको रहेछ, सञ्चारकर्मी याक्खाले भने । मृतक अविवाहित हुन् । बिहान करिब ६ बजेतिर आफन्तले देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

https://www.youtube.com/watch?v=R85LNwUYFrI&t=7s

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button