
काठमाण्डौं,
सरिता गिरीलाई समाजवादी पाटीले कारबाही गर्ने तयारी भएको छ । समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीलाई कारवाही प्रक्रिया अगाडि बढाउने संकेत गरेको हो । सरकारले ल्याएको संविधान संशोधन विधेयकमा समर्थन गर्दै मतदान गर्ने निर्णय उलंघन तथा आफूखुसी संसदमा दर्ता गरेको संविधान संशोधनको विधेयक फिर्ता लिन आग्रह गरे पनि अटेर गरेपछि कारवाही गर्न लागिएको समाजवादी पाटीले जानकारी दिएको छ ।
शनिबार प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक पारित भइसकेको छ । उक्त दिन सभामुख अग्निप्रसाद सापकोटाले सांसद गिरीको प्रस्ताव अस्वीकृत भएको बताएका थिए । त्यस लगत्तै गिरी संसदबाट बाहिरिएकी थिइन्।् । संसदबाट बाहिरिँदै उनले आफ्नो कुरा राख्न नदिइएको भन्दै पत्रकारहरू सँग दुखेसो पोखेकी थिइन्।
समाजवादीका एक नेताले गिरीमाथि पार्टीले छानविन गरी कारवाही गर्ने तयारी गरेको सुनाए । उनले भने कारवाही प्रक्रिया अगाडि बढ्छ । छानविनपछि के(कस्तो कारवाही गर्ने थाहा हुनेछ , उहाँले बोलेका सबै कुराको अनुसन्धान गर्नुपर्छ भन्ने कुरा पार्टीमा उठेको छ । अहिले नै यही कारवाही हुन्छ भन्ने छैन नेताले भने ।
पाटीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले सांसद गिरीमाथि कारवाही हुने बताए । समाजवादीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव काठमाडौं बाहिर छन्।् ‘अध्यक्षद्वय काठमाडौं आएपछि यसबारे छलफल गरी निर्णयमा पुग्छौं,’ पाण्डेले भने।