
काठमाण्डौं,
नेपालमा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप ३ सय ८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो । नयाँ ३ सय ८० जना सङ्क्रमित थपिए संगै नेपालमा संक्रमितको कुल सङ्ख्या ६ हजार ५ सय ९१ जना पुगेको छ । उनीहरु मध्ये ४ सय ९९ जना महिला र ६ हजार ९२ जना पुरुष रहेका छन् ।
ती मध्ये १ हजार १ सय ५८ जना संक्रमित निको भएका छन् भने १९ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । ७७ जिल्ला मध्ये नेपालमा कोभिड –१९ पुगेको पुष्टि भएको छ ।
https://www.youtube.com/watch?v=WHzecUKPSrI&t=396s