
धनकुटा,
धनकुटा नगरपालिकाले व्यवसायीलाई विभिन्न आठ क्षेत्रमा कर छ्ट दिने निर्णय गरेको छ । नगरपालिकाले व्यवसायीलाई कर, शुल्क तथा भाडा छुट दिने निर्णय गरेको हो । लकडाउनका कारण व्यवसाय बन्द भएको र व्यवसायीलाई मर्का परेको भनदै नगरपालिकाले विभिन्न आठ सेवा क्षेत्र निर्धारण गरी कर, शुल्क र भाडा छुट दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिए ।
लकडाउनले प्रत्यक्ष रुपमा प्रभाव परेका कर, शुल्क, भाडा, ठेक्का आदि क्षेत्रमा औचित्यका आधारमा आर्थिक वर्ष २०७६÷०७७ को करमा छुट दिने निर्णय भएको थापाले बताए । नगरपालिका भित्र सञ्चालन भएका सबैखाले व्यापार व्यवसायमा आव २०७६÷०७७ मा बुझाउनु पर्ने व्यवसाय करमा २५ प्रतिशत छुट दिने निर्णय भएको अधिकृत थापाको भनाई छ । व्यापारीहरुले कर बुझाइसकेको भए आगामी आर्थिक वर्षको करमा मिलान गर्ने उनले बताए ।
यस्तै निजी व्यवसायीक बहाल वापतको करमा पनि २५ प्रतिशत छुट दिने निर्णय नगरपालिकाले गरेको छ । सरकारी वा संस्थागत बहालको हकमा भने यो नियम लागू हुने छैन । यस्तै व्यापारिक भवन लगायत व्यापारिक संरचनाहरुको भाडा, व्यापारिक भवन, पसल, सर्टर, बहुउद्देश्यीय भवन, शौचालय आदिमा लकडाउन अवधिभरको भाडा छुट दिने निर्णय नगरपालिकाले गरेको छ । सुविधायुक्त बैंक तथा वित्तिय संस्थाको हकमा भने यो नियम लागू हुने छैन ।
https://www.youtube.com/watch?v=WHzecUKPSrI&t=665s