
काठमाण्डौं,
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी राष्ट्रियसभामा संसदीय दलका नेता दीनानाथ शर्माले भारतले असल मित्रको परिचय दिने बेला आएको बताएका छन्। प्रतिनिधिसभाबाट पठाइएको नेपालको संविधानको दोस्रो संशोधन विधेयकमाथि बिहीबार बोल्दै उनले यस्तो बताएका हुन्।् ।
भारतले असल मित्रताको परिचय दिनुपर्छ। मित्रता बजारमा किनेर पाइँदैन । साँच्चै भारतले नेपाललाई असल मित्र मान्ने हो भने अंग्रेज साम्राज्यवादका कारण लुटेको भूभाग लिनुस् भनेर दिनुपर्छु, उनले भने, टिस्टा पूर्वको दार्जिलिङसहितको भूभाग नेपाललाई दिनुपर्छ। भारतले काँगडासम्मको भूभाग छाती फुकाएर नेपाललाई दिन सक्नुपर्छु । खतिवडाले नेपाललाई असल मित्र मानेको भए उक्त कदम चालि जानुपर्नेमा जोड दिएका छन्। ‘भारतले हामीलाई असल मित्र मान्ने हो असल मित्र ठान्ने हो भने अंग्रेज साम्राज्यवादले लुटेर हाम्रो भूभागमा मिसाएको भूभाग तपाईंहरुको हो तपाईंहरुको मुटु काटेर यता तिर मिसिएको छ असल भित्र त्यसकारण महाकाली पश्चिमको किल्ला काँगडा, हाम्रो काँगडासम्मको जमिन तपाईहरुले लिनुस् भनेर फिर्ता देआस् । उनले भने, चेलीबेटीको नाता हो, डोलिबेटीको नाता हो भनेर नेताहरुले भन्नुहुन्छ। यदि त्यसो हो भने त्यसलाई स(गौरव फिर्ता गरिदिने दार्जिलिङ हामीलाई फिर्ता गरिदिनुपर्छ। काँगडासम्मको भूमि फिर्ता गरिदिनुपर्छ।’ नेता शर्माले मैसुरको टिपु सुलतानको दरबारबाट लुटेर लगेको कोहिनुर हिरा भारतले अंग्रेजसँग फिर्ता मागे जस्तै नेपालले पनि आफ्नो भूमि माग्नु जायज भएको बताए ।
अंग्रेज भारतबाट हटिसकेपछि अंग्रेजले लुटेको भूभाग भारतले फिर्ता दिनुपर्छु, उनले भने, ुतर भारतले अझै पो नेपालको भूमि हडपिरहेको छ। मिचिरहेको छ।ु सन् १९६२ मा भारतलाई अफ्ठेरो परेका बेला नेपालले सदासयताले भारतका सेना राख्न दिएको भूमि कब्जा गरेर बस्नु गलत भएको उनले बताए । कालापानी लगायतका उत्तरी सीमामा चेक पोस्ट भारतलाई अफ्ठ्यारो परेकाले राख्न दिएको हो ।, उनले भने, ुकोही मित्रले बास पाइन भनेर आएर घर, बारी सुन्दर रहेछ खेतबारी फाँटिलो रहेछ भनेर कब्जा गर्न पाइन्छ, अड्डा जमाएर बस्न पाइन्छ? यो त मान्न सकिँदैन।ु नेपालले भारतीय सेना सेना फिर्ता जानुपर्छ भनेर कुरेर बस्दा नगएपछि अहिले कठोर कदम चाल्नुपरेको उनले बताए । भारतले आफ्नो नक्सामा हाम्रो भूमि समेटेर राख्यो, हामीले सच्याएर जानु भन्यौं तर मानेनु, उनले भने, ुत्यो नेपालको भूमि हो, छिमेकीलाई चिढ्याउनु हुँदैन भन्नुपर्छ भारतले, मित्रहरुले भूल गर्न सक्छन्, भूलवश नक्सा बनाएका हुन सक्छन्। हाम्रो नक्सामा छुट्न गएको कुरालाई हामी सच्याउँदै छौं ।
https://www.youtube.com/watch?v=xFPHZ8B8OsY&t=352s