अर्थ खबरसमाचार

लकडाउनको समयमा घर भाडामा छुट् गर्ने धनकुटा हिलेका मनकारी घरधनीहरुलाई सम्मान

धनकुटा,

लकडाउनको समयमा घर भाडा छ्ुट् गर्ने धनकुटा हिलेका घरधनीहरुलाई सम्मान गरिएको छ । प्रमुख व्यापारिक केन्द्र धनकुटा हिले बजारका घर भाडा छुट गर्ने घरधनीहरुलाई बिहिबार धनकुटा उद्योग बाणिज्य संघले हिले बजारमा विशेष सम्मान गरेको हो । लक डाउनको समयमा व्यापार व्यावसाय वन्द हुदा अत्यन्तै ठूलो मारमा परेका धनकुटा हिलेका व्यावसायी तथा व्यापारीहरुलाई घर भाडा मिनाहा गरी दुखमा महत्वपूर्ण सहयोग गरेको भन्दै आज बाणिज्य संघले घरधनीहरुलाई दोसल्ला तथा खादा ओढाएर टिका लगाई दिई सम्मान गरेको छ ।

हिलेबजारका ५६ जना घरधनीहरुलाई संघका अध्यक्ष विजय सन्तोषी राई, निर्वतमान अध्यक्ष उमेश घिमिरे,पूर्व अध्यक्ष लालचन्द्र गोङेवा तामाङ्ग, उपाध्यक्ष खगेन्द्र विष्ट,कृष्णराज श्रेष्ठ,महासचिव राम वहादुर गोङ्वा ,सचिव श्रीराम रायोमाझी,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहहरु राम घिसिङ तामाङ्ग,नगेन्द्र काफ्ले,जन भावना होमियोप्याथिक हस्पिटल प्रा.ली.का संचालनक तथा डा.खगेन्द्र कटुवालले दोसल्ला तथा खादा ओढाए र टिका लगाई दिई सम्मान गरेका थिए ।

विपतमा घर भाडा मिनाहा गरी संकटमा सहयोग गरेको भन्दै धनकुटा उद्योग बाणिज्य संघ पूर्व अध्यक्ष लालचन्द्र गोङ्वा तामाङ्ग,उपाध्यक्ष खगेन्द्र कुमार विष्ट, हिले बाजर व्यवस्थापन समितिका अध्यक्ष बुद्ध तिुतङ्ग,निरमाया ठकुरी,विरिष्ट समाजसेवी विर वहादुर तितुङ्ग तामाङ्ग ,लक्ष्मी लामिछाने,समाजसेवी निल वहादुर घिमिरे, यूवा समाज सेवी अमित लो तामाङ्ग ,ईश्वर घिमिरे,सुनिता तावली,डिल्ली गोङदेन,राजु वराईली,हिक्तम श्रेष्ठ,दावा शेर्पा,सविना राई,दिर्घ आलेमगर,चुङ्दा लामा,,तिलक कार्कीलाई दोसल्ला तथा खादा ओढाएर टिका लगाई दिई सम्मान गरेको धनकुटा बाणिज्य संघका सचिव श्रीराम रायोमाझीले बताए ।

बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले संकट तथा दुखमा व्यापारीहरुलाई घर भाडा छुट गरी महत्वपूर्ण सहयोग गरेकाले मनकारी घरधनीहरुलाई धन्यवाद दिदै घर भाडा छुट गर्न बाँकी रहेका जिल्लाभरीका सवै घरधनीहरुलाई घर भाडा मिनाहा गरी सहयोग गर्न अनुरोध गरेका छन् ।

https://www.youtube.com/watch?v=_yExGHv5L3k&t=443s

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button