समाचारसमाज

धनकुटाका व्यापार व्यावसाय सहज रुपमा संचालन गर्ने वातावरणका लागी छफल

धनकुटा,

लक डाउनको कारण अस्त व्यस्त भएको धनकुटाका व्यापार व्यावसाय सहज रुपमा संचालन गर्न र अहिलेको विषम पस्थितिमा उद्योग व्यापारी र व्यावसायीहरुको समस्या र समाधान विषयमा धनकुटा उद्योग बाणिज्य संघ र जिल्ला प्रहरी कार्यालय विच आईतबार (आज) छलफल भएको छ । सो अवसरमा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरिक्षक गोविन्द्र अधिकारीले कानुनको परिधि भित्र रही कानुन सम्वत ढंगले धनकुटाका उद्योगी व्यापारी तथा व्यावसायीहरुलाई सहयोग गर्ने बताए । अहिलेको समस्या समाधान गर्न सवैले सहयोग गर्नु पर्ने बताउदै धनकुटा जिल्लाका शान्ति सुरक्षा कायम गर्न सवैसंग सहकार्य गर्ने उपरिक्षक अधिकारीको भनाई थियो ।

बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,निर्वतमान अध्यक्ष उमेश घिमिरे,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,उपाध्यक्ष कृष्णराज श्रेष्ठ,महिला उपाध्यक्ष निर्मला राई श्रेष्ठ,सचिव श्रीराम रायमाझी,कार्यकारी सदस्यहरु रेजिना पलिखे,डिजेश शाक्य,सुनिता थापा,लिजा श्रेष्ठ लगायतले धनकुटाको व्यापार,व्यावसायको अवस्थाको वारेमा जानकारी गराउदै व्यापार ,व्यावसाय संचालनमा सहयोग गर्न प्रहरी उपरिक्षक आधिकारीलाई आग्रह गरेका छन् । व्यापार व्यावसाय सहज रुपमा संचालन गर्नका लागि वातावरण बनाउन सहयोग गर्नका लागी समेत उनीहरुले आग्रह गरेका थिए ।

https://www.youtube.com/watch?v=xFPHZ8B8OsY&t=140s

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button