समाचारस्थानीय

एडीबी खानेपानीमा भष्टाचार भएको भन्दै धरान उपमहानगर अगाडि धर्नासहित प्रदर्शन

[mashshare]

धरान,

धरानको एडीबी खानेपानी आयोजनाको खर्च पारदर्शी गर्न माग गर्दै धरानमा संयुक्त खानेपानी संघर्ष समितिले धर्नासहित प्रदर्शन गरेका छन् । धरान उपमहानगरपालिकाको मुख्य प्रवेशद्वारमा धर्नासहितको प्रदर्शन गरेका हो ।

समितिले चार सूत्रीय माग राख्दै सोमबार धरान उपमहानगर अगाडि धर्नासहित प्रदर्शन गरेका हुन् । त्यसक्रममा नगर प्रमुख तिलक राईलाई माग पत्रसमेत बुझाएका छन् । उनीहरूले आयोजनाको खर्चको हिसाबकिताब पारदर्शी देखाउनुपर्ने, खानेपानी अनुगमन समितिसँग गरेको सम्झौता अनुसार खानेपानी महसुल सरकारले निर्धारण गरेको टेरिफ अनुसार नै खुवाउनुपर्ने, आयोजनामा भ्रष्टाचार भएको भए सम्बन्धित कर्मचारी तथा जनप्रतिनिधिलाई कारबाही गर्नुपर्ने लगायतका माग गरेका छन् ।

ंसघर्ष समितिका उपसंयोजक हर्क साम्पाङले नगर प्रमुखले मागहरूलाई सम्बोधन नगरेमा आन्दोलन थप अगाडि बढाउने बताए । उनले समितिका मागहरू सुनुवाई नगरेको भन्दै आक्रोस पोखेका थिए । त्यसक्रममा मेयर राईले खानेपानीको विषयमा विज्ञ समिति बनाएर खर्चको पारदर्शितादेखि पानीको उत्पादनको अवस्थाका बारे पत्रकार सम्मेलन गरी सबैलाई जानकारी गराउने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button