
धनकुटा,
नेपाल पत्रकार महासंघ धनकुटाका सहसचवि तथा नेपाल प्रेस युनियन धनकुटाका पूर्व उपाधयक्ष केन्द्रिय पार्षद हरी बहादर लम्जेल सोमबार (आज) लडेर गम्भिर घाइते भएको छ । लम्जेलको हात भाचिएर धरान स्थित विजयपुर हस्पिटलमा उपचार भैरहेको छ ।
समाचार संकलनको क्रममा धनकुटाको पर्यटकीय तथा व्यापारिक केन्द्र हिलेमा गएका हिलेबजारको सिरानमा चिप्लिएर लड्दा दाहिने हात भाचिएर गम्भिर घाईते भई विजयपुर हस्पिटलमा हातको शल्यक्रिया गरी उपचार गराईरहेको उनको परिवारले जनाएको हो ।
नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले सोमबार विज्ञप्ती प्रकाशिल गरी लम्जेलको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । लम्जेल अन्नपूर्ण राष्टिय दैनिकको धनकुटा समाचारदाता हुन् ।
https://www.youtube.com/watch?v=_yExGHv5L3k