राजनीतिसमाचार

नेकपा स्थायी कमिटी बैठक बस्दै, सत्तारुढको आजको बैठक महत्वपूर्ण

काठमाण्डौं,

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । बुधबारदेखि शुरु स्थायी कमिटी बैठकमा आज स्थायी कमिटी सदस्यहरुले धारणा राख्नेछन् ।

शुक्रबार (आज) ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसशन एमसीसी, सीमा विवाद, नागरिकता विधेयक, कोरोना भाइरस कोभिड–१९ का विषयमा स्थायी कमिटी सदस्यहरुले धारणा राख्ने बताइएको छ । बुधबारको बैठकमा अध्यक्षद्वयले तय गरेको एजेन्डामाथि सदस्यहरुले असन्तुष्टि जनाएपछि केही एजेन्डा थपिएका थिए ।

लामो समयदेखि एमसीसीबारे सत्तारुढ नेकपाले निर्णय गर्न नसक्दा यसबारेको अन्योलता बढेको छ । नेकपा भित्रै पनि एमसीसीलाई लिएर तिव्र विवाद छ । त्यसैले जारी बैठकलाई महत्वपूर्ण मानिएको हो । थायी कमिटी बैठकमा प्रस्तुत कार्यसूची कसरी अगाडि बढाउने भन्ने विषयमा बिहीबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो । ओली र प्रचण्डबीचको छलफलबाट एमसीसी सम्झौता, सरकारका कामको समिक्षा, पार्टी कामको समीक्षा एवं संगठनात्मक एकीकरणलाई पूर्णता दिने लगायतका एजेण्डा तय गरेको थियो ।

सोहीअनुरुप बुधबारको बैठकमा एजेन्डा तय गरिनुका साथै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए । त्यसबखत केही असन्तुष्टि पनि बाहिर आएको थियो । एमसीसी सम्झौता संसदले पारित गर्नुपर्ने म्याद असार १७ गते सकिँदैछ सोही दिन दिउँसो संसद बैठक बस्दैछ । त्यसैले सत्तारुढ नेकपाको जारी बैठक महत्वपूर्ण मानिएको छ ।

आगामी असार १७ गते संसदले यो सम्झौता पारित गरेन र यसको म्याद पनि थपिएन भने स्वतः निस्क्रिय हुनेछ । यससँगै नेपाललाई अमेरिकाले दिने भनिएको ५० करोड अमेरिकी डलर अनुदान सहयोग पनि रोकिनेछ । अहिले सिंगो देश एमसीसीको विषयलाई लिएर पुरै विभाजित देखिएको छ ।

के के थियो बैठकको ७ एजेण्डा ?

१) अध्यक्षद्वयले अहिलेको सन्दर्भमा बैठकको प्रारम्भमा मन्तव्य
२) कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्ने
३) सीमा समस्या र समाधानबारे
४) सरकारको कामको समीक्षा
५) पार्टी कामको समीक्षा र सांगठिनक एकताको पूर्णता
६) एमसीसीबारे
७) विविधि । यसमा एक महिनाअघि भएको रुकम घटना, नागरिकता विधेयक र सांसद र प्रदेशसभा सदस्यको बैठक भत्ता नलिने विषय ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button