
धरान,
नेपाली कांग्रेस धरानका युवा नेताले झुण्डिएर आत्महत्या गरेका छन् । सामाजिक काम र व्यापार व्यवसयामा राम्रो प्रगति गरिरहेका धरानका युवा एवं कांग्रेसका क्षेत्रीय सदस्य प्रताप भट्टराईले झुण्डिएर आत्महत्या गरेको हो । घट्नाले छिमेकीहरु आश्र्चायमा परेका छन् । इलाअका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक राजकुमार ओलीको टोलीले मुचुल्का उठाउने काम गरेको छ । आत्महत्याको कारण भने खुलिसकेको छैन् ।
‘सामाजिक क्षेत्रमा क्रियाशिल भएका कारण उनका शुभचिन्तिकहरुको घरमा भीड लागेको छ । धेरै शुभचिन्तिकहरु भएको मान्छे समाजमा सबैलाई अर्ति उपदेश दिएर हिड्ने मान्छे आफै आत्महत्याको बाटो रोज्यो भन्दा आश्चार्य लागेको छ ।’ धरान –१४ का प्राडा.टंक न्यौपानेले भने । उनी धरान–३ स्थित सिंहदेवि चोकमा साथीसँग पुजाका सामाग्री पाइने पसल संचालन गरेर बसेका थिए । व्यापार व्यवसायी र पण्डितयाई राम्रो जमाएर बसेका भट्टराई एक्कासी आत्महत्या गरेको सुन्दा छिमेकी नै आश्र्चायमा परेको छ ।
दुई महिनाकी सुत्केरी श्रीमती माइत गएको बेला २८ बर्षीय भट्टराईले कोठामा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरिक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । सामाजिक काममा अग्रसर भट्टराई प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठका स्वकिय सचिव पनि हुन् । कोठामा पंखामा झुण्डिएको अवस्थामा भट्टराईलाई आज विहान फेला परेका थिए । श्रीमती भरखर सुत्करी भएको र सुत्करी खुवाउन माइतीको निमन्त्रणमा उनी माइत गएका बेला उनले आत्महत्या गरेका हुन । विहान उनी एक्लै भएका कारण विहान ९ बजे मात्र उनले आत्महत्या गरेको खुलेको थाहा भएको थियो । राती ९ बजेसम्म उनी बजारमा रहेको उनका साथीहरुले बताएका छन् ।