
काठमाण्डौं,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ सय ६३ जनामा कोरोना भाईरस संक्रमण भएको जानकारी दिएको छ । आइतबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा ४ सय ६३ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो । जसमध्ये ३ सय ५८ जना पुरुष र १ सय ५ जना महिला रहेका छन् ।
नयाँ संक्रमित हुनेहरुमा मोरङका १७, झापाका २, उदयपुरका ६, इलामका १, सुनसरीका १, धनुषाका १०, महोत्तरीका ५६, डडेलधुराका १, अर्घाखाँचीका ६, दार्चुलाका १, दोलखाका २, गोरखाका १, गुल्मीका ३८, खोटाङका ४, रौतटहका १७, सर्लाहीका १, सिन्धुपाल्चोकका १, कपिलवस्तुका ८, धादिङका १, ललितपुरका १, बाजुराका ९५, कास्कीका ५, नवलपरासी पूर्वका ३१, बाग्लुङका २९, पर्वतका २, सल्यानका २, तनहुँका ६, लमजुङका १, म्याग्दीका २, पाल्पाका २, प्युठानका ३५, रुपन्देहीका १२, दाङका ३४, रोल्पाका १, रुकुम पूर्वका १, कैलालीका १७ र डोटीका २३ गरी आइतबार (आज) ४ सय ६४ जनामा कोरोना पुष्टि भएको डा. गौतमले पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।
यो डाटा आएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार सात सय ७२ पुगेको छ ।
जसमध्ये ११ हजार दुई सय ५८ जना पुरुष र एक हजार चार सय ७४ महिला रहेका छन् । पछिल्लो २४ घण्टामा १ सय ८९ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ३ हजार १३ पुगेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेमा १ सय ६६ पुरुष र १३ महिला रहेका छन् । आजको मिति सम्मा कोरोना भाईसबाट ज्यान गुमाउनेको संख्या नेपालमा २८ पुगेको छ ।