कृषीसमाचार

कृषि प्रधान देश नेपालको लागि महत्वको दिन, आज राष्ट्रिय धान दिवस

पानबारी,

कृषि प्रधान देश नेपालका लागि आज महत्वपूर्ण दिन असार १५ अर्थात राष्ट्रिय धान दिवस । आजको दिन हिलामे हुदै खेतमा काम गर्ने र दही, च्युरा खाएर असार १५ मनाइन्छ । गाउँघरतिर असारे भाकामा गीत गाउदै रोपाई गरिन्छ । नेपालमा २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन शुरु गरिएको हो । असार १५ मा दही, च्युरा खाने चलन भने शदीयौ देखि नै रही आएको थियो । विगतका बर्षहरुमा आजको दिन हर्षेउल्लासका साथ रोपाई कार्यक्रम आयोजना गरिन्थ्यो । कृषि सहकारी संस्थाहरुले रोपाई जात्रा नै गथ्र्यो । तर, यस वर्ष कोरोना भाईसका कारण विगतका जस्तो भव्य कार्यक्रमहरु हुन सकेन । सुनसरीको पानबारीमा बर्षेनी रोपाई महोत्सव हुदै आएको थियो । यसपाली लकडाउनको कारण कार्यक्रम हुन सकेन । रोपाई महोत्सव नभएपनि किसानहरुले रोपाई भने गरीरहेका छन् ।

सुनसरीमा यस वर्ष २५ प्रतिशत रोपाई भएको छ । यस्तै, मोरङमा २८ प्रतिशत रोपाई भएको कृषि ज्ञान केन्द्र सुनसरीका योजना एवं बागवानी अधिकृत प्रविणलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार यसपाली मनसुन समयमा नै भएको कारण रोपाई विगतका बर्षहरुमा भन्दा धेरै भएको हो । ‘यो बर्ष समयमा नै बर्षा भयो । किसानहरु आकाशे पानीको भरमा छन्, त्यसैले रोपाई पनि समयमा नै हुनसक्यो,’उनले भने । सुनसरीमा गत आर्थिक बर्ष २०७६÷०७७ मा चैते र बर्खे गरेर मा ५८ हजार ६सय १७ हेक्टरमा रोपाई भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button