समाचारस्थानीय

७ वर्षिय प्रशान्त मुदेलका पेटको उपचारका लागि कोरियाबाट आयो सहयोग

पानबारी,

७ वर्षिय प्रशान्त मुदेलका पेटको उपचारका लागि कोरियामा कार्यरत नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । धरान –६ पानबारी निवासी प्रकाश मुदेलका छोरा प्रशान्त जन्मिदै मलद्धार बन्द भएको बवस्थामा जन्मेका थिए । धरान उपमहानगरपालिका वार्ड नं. ६ का जनप्रतिनिधि महिला वडा सदस्या गोमा गौतम (खनाल) को पहलमा मुदेलको वीपी कोइराला स्वस्थ्या विज्ञान प्रतिष्ठानमा पेटको अप्रेशन उपचार भएको छ । उनको आर्थिक अवस्था कम्जोर भएको जानकारी गराउदै सहयोगी मनहरुका लागि वडा सदस्या खनालले फेसबुकमा प्रशान्तको अवस्था र फोटो पोष्ट गरेकी थिइन् । वडा सदस्या खनालको फेसबुक वालमा प्रशान्तको अवस्था बारे जानकारी पाएपछि दक्षिण कोरियामा कार्यरत नेपालीहरुले प्रशान्तलाई आर्थिक सहयोग गरेका हुन् ।

सहयोग गर्नेहरुमा १) देवान राईले रु ५ हजार हाल दक्ष्णि कोरिया, नेपाल सुनसरी धरान –६ २) सन्देश राई रु ५ हजार कोरिया नेपाल धरान –६ ३) किशोर थापामगर रु २ हजार हाल दक्षिण कोरिया नेपाल काभ्रे ४) दिपेन राई २ हजार १ सय हाल दक्षिण कोरिया नेपाल भोजपुर ५) जस राई ३ हजार १ सय हाल दक्षिण कोरिया नेपाल सुनसरी धरान –१७ ६) बेनी थापामगर रु ४ हजार हाल दक्षिण कोरिया नेपाल सुनसरी धरान–६ ७) कुमार गुरुङ्घ रु २ हजार ५ सय हाल दक्षिण कोरिया नेपाल तनहुँ ८) उद्धव रिजाल १ हजार ५ सय हाल दक्षिण कोरिया नेपाल ईलाम ९) लक्ष्मण पौडेल रु १ हजार ५ सय हाल दक्षिण कोरिया नेपाल स्याङ्जा १०) सुखराज राई रु २ हजार हाल दक्षिण कोरिया नेपाल सुनसरी धरान –६ ११) रबि भुषाल रु १ हजार हाल दक्षिण कोरिया नेपाल बुटवल १२) हरि पौडेल रु ३ हजार १ सय हाल दक्षिण कोरिया नेपाल पाँचथर फिदिम १३) त्यसैगरी नविन तामाङ रु ५ हजार हाल बराईन नेपाल धरान –६ १४) मिलन राई रु ५ हजार हाल युएई नेपाल धरान –६ १५) अनोज विष्ट रु ३ हजार हाल कतार नेपाल धरान –६ १६) हस्त कार्की रु २ हजार हाल युएई नेपाल धरान –६ १७) रबिन तमाङ रु ५ हजार हाल भारत नेपाल धरान –६ १७) र अर्नुन कटुवाल रु ५ हजार हाल युएई नेपाल धरान –६ दक्षिण कोरिया र विभिन्न देशमा रहेका नेपालीहरुले प्रशान्तको पेटको उपचारका लागि ५८ हजार ३ सय ८० रुपैया जम्मा गरेर देवान राईले जनप्रतिनिधि गोमा गौतम (खनाल) लाई आर्थिक सहयोग पठाएका हु्न । प्रशान्तको नाममा सहयोगी हातहरुले पठाएको रकम राष्ट्रिय वाणिज्य बैंकमा खाता खोली प्रशान्तको अभिभावको नाममा सबै रकम जम्मा गरिएको जनप्रतिनिधि खनालले कोशीपोष्ट डटकम संगको कुराकानीमा बताईन् ।

बीपी प्रतिष्ठानमा प्रशान्तको सफल उपचार पछि अहिले उनी घर फर्केका छन् । प्रतिष्ठानका विशेषज्ञ डाक्टर राजेश शाहको टोलीले गरेको सफल क्लोस्टोमीपश्चात् प्रशान्त घर फर्किएको हो । ‘क्लोसट्रोमी’ नामको रोगबाट पीडित प्रशान्तको पहिलो अप्रेसन सफल भएको छ । उनको पुन ६ महिनापछि दोस्रो ‘स्टोमा क्लोजर’ को अप्रेशन गर्नु पर्ने चिकित्सकले सुझाएका छन् । आर्थिक अवस्था कमजोर भएकाले मुदेल परिवारले छोराको उपचार गर्न नसकेका कारण जनप्रतिनिधि वडा सदस्याले उनको उपचारका लागि पहल गरेकी थिइन् । ‘मुदेल परिवारले छोराको उपचार गर्न नसकने अवस्था देखे एउटै गाउँठाउँ उसको उपचारमा धेरै खर्च लाग्ने देखियो ७ वर्षको बच्चा भएकाले त्योे बिजोग हेर्न सकिन मैले वार्डमा छलफल गयौं र वार्ड ६ बाट सिफारिस बनाएर प्रशान्तलाई लिई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गयौं त्यहाँ पुग्दा मैले कुरा गर्दा ५० प्रतिशत मात्र छुट हुने भयो त्यसपछि मैले नगरको उप मेयर मन्जु भण्डारी ( सुबेदी) मेमलाई फोन गरेर मुदेव परिवारको अवस्था र बिरामी प्रशान्तको अवस्था बारे जानकारी गराए र उप मेयर ज्यूलाई प्रतिष्ठानमा बच्चाको उपचारमा शतप्रतिशत निशुल्क गराउन फोन गर्न अनुरोध गरे । उप मेयर ज्यूले प्रतिष्ठानमा गरी दिनु भयो र सबै कुरा मिलाई दिनु भयो त्यसपछि प्रशान्तको अप्रेशन र बेडको शुल्क प्रतिष्ठानले मिनाहँ गरी दिऐ ’ जनप्रतिनिधि खनालले कोशीपोष्टलाई सुनाईन् ।

प्रशान्तको बुबा प्रकाशले छोराको सफल उपचार भएकोमा खुशी व्यक्त गरे । उनी भन्छन् गरिबताका कारण छोराको उपचार गर्न सकेका थिएनौं छरछिमेक र देशविदेशमा भएका मनकारी दाजुभाई दिदी बहिनीहरुले सहयोग गरी दिनु भयो अनि अस्पतालमा पनि जनप्रतिनिधि ज्यूहरुले भनशुन गरेर पैसा लागेन म सबैलाई धन्यवाद दिन्छु । प्रशान्तको निशुल्क अप्रेशन भएपनि औषधीमा भने केही रकम खर्च भयो । औषधी खर्च अपाङ्ग पुनस्थापना असाय सेवा केन्द्र धरानका शुनिल खड्काले २५ हजार सहयोग गर्ने बचन दिए । खड्काले प्रशान्तका लागि छुट्याएको २५ हजार रकम औषधीमा खर्च भएन र बाँकी रहेको ३ हजार ५ सयले प्रशान्तको स्वास्थ्य विमा गरी दिएको केन्द्रका खड्काले जानकारी दिए ।

प्रशान्तको अवस्था देखेर डाक्टरले पनि सहयोग गरे । प्रशान्तलाई अस्पतालमा कुर्ने उनको सहयोगी बिरामी कुरुवालाई सुभम अग्रवालले खाना खुवाएर सहयोग गरे । प्रशान्तको परिवार ज्यालादारीमा काम गरेर पेटपालन गर्दै आएका छन् । प्रशान्तको दोस्रोे अप्रेशनका लागि रकम आवश्यक पर्ने भएकाले बिदेशबाट मनकारी मनहरुले प्रशान्तलाई गरेको आर्थिक सहयोग बैकमा सुरक्षित राखिएको जनप्रतिनिधि खनालले बताईन् । ‘प्रशान्तको परिवारमा खान लाउन दुःख नै छ त्यसैले उनको परिवारले बिरामी बच्चालाई पोषणयुक्त खानेकुरा र उसको अर्को अप्रेशनका लागि उसको नाममा आएको रकम बैकमा जम्मा गर्न लगाएकाछौं ’ जनप्रतिनिधि खनालको भनिन् ।

https://www.youtube.com/watch?v=tR6eBfsPsus&t=148s

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button