
काठमाण्डौं,
थप ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ७६ जना कोरोना संक्रमण थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ सय १२ जना महिला र ३ सय ६४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या १३ हजार २ सय ३८ पुगेको छ । ती मधये १ हजार ५ सय ८६ जना महिला र ११ हजार ६ सय ६२ जना पुरुष छन् ।