
धरान,
आफैले गोलीहानी गम्भिर घाइते भएका प्रहरी हवाल्दारको उपचारको क्रममा मृत्यु भएको छ । आफैमाथि गोली प्रहार गरी घाइते भएका प्रहरी हवाल्दारको अस्पतालमा पु¥याएपछि मृत्यु भएको हो । प्रहरी हवाल्दार ओमप्रकाश खतिवडा जिल्ला अदालन सुनसरीका ४नं. बेञ्चका न्यायधिश शंकर राईको सुरक्षामा खटिएका थिए । खतिवडा आफैले कञ्चटमा गोली प्रहार गरेका थिए । साँझ ७ बजेतिर गोली प्रहर गरी गम्भीर अवस्थामा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याईएको थियो । अस्पताल पु¥याइएको १५ मिनेट पछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरिक्षक विनोद शर्माले जानकारी दिए । आत्महत्या के कारणले भएको त्यो खुल्न बाँकी रहेको प्रहरी उपरिक्षक शर्मा जानकारी दिए ।