समाचारस्वास्थ्य

नेपालमा थप ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं,

पछिल्लो २४ घण्टामा नेपालमा ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कुल संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । मंगलबार (आज) ७१ महिला र २ सय ४५ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले बताएका छन् ।

आज) मंगलबार ६० जना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेहरुको संख्या ३ हजार १ सय ९४ जना पुगेको प्रवक्ता डा. गौतमले जनाएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ११ आरटिपिसीआर परिक्षण गरिएको प्रवक्ता डा. गौतमले जानकाारी दिए ।

हाल सम्म नेपालका विभिन्न ठाउँमा रहको क्वारेन्टाइनमा ५३ हजार ७० जना रहेको डा. गौंतम बताए छन् । आज प्रदेश १ मा १२ जनमा संक्रमण पुष्टि भएको बताउदै उनले हालसम्म प्रदेश १ मा ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् नेपालमा हालसम्म कोरोना संक्रमणको पुष्टि भएका मृतकहरूको संख्या २९ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button