
मोरङ / दिल बहादुर राई
नेपालमा पूर्व पश्चिम रेल मार्ग बन्ने हल्ला अहिले कार्यन्यवनमा आउने भएको छ । भारतले नेपालको रेल सेवालाई भारतका विभिन्न ठाउँमा सञ्चालनका लागि अनुमति दिएसंगै रेल सेवा संचालनमा आउने भएको हो । नेपालमा रेल सञ्चालनको चर्चा परिचर्चा निक्कै हुने गरेको छ । सरकारले विकास र समृद्धिका ठूला ठुला कुरा गरेपनि त्यस अनुसारको काम गर्न सकिरहेको छैन । रेलको अवस्था पनि उस्तै भएको सरकारी अधिकारीहरु बताउँछन् । तर अहिले मोरङको बेलबारी नगरपालिका नलबारीमा रेल मार्गका लागि सरकारले आ–आफ्नो जग्गाको तिरो तिरेर रेल मार्गमा परेको जग्गा ,घर र बोटविरुवा सबैको विवरण खुलाई फारम भरी बिराटनगरमा बुझाउन भनी २०७७ गत जेष्ठ २८ गते गोरखापत्रमा सुचना प्रकाशित गरेपछि त्यस क्षेत्रका कृषकहरुको भोक निन्द्र हराएको छ । रेल विभागको अहिलेसम्मको अध्ययनअनुसार पूर्वपश्चिम रेलमार्ग ९ सय ४५ किलोमिटर लामो हुनेछ । यसले झापाको काँकडभिट्टालाई पश्चिमको कञ्चनपुरको गङ्घाचौकीसँग जोड्ने बताईएको छ । पूर्वको काँकडभिट्टा हुदै आउने रेल मार्गले मोरङको खेती योग्य धेरै जमिन नोक्सान गर्ने स्थानीयहरु बताउँछन् ।
रेलको बाटोले ३ बाली खेती हुने खेती योग्य आफ्नो जग्गा कटौती गर्न लागेकोे धरान १५ मा बसोबास गर्ने गम्भिर बहादुर तामाङ बताउँछन् । ‘ दुःख गरेर खाई नखाई भविष्यको लागि हुन्छ भनेर मधेसमा धान तेखी किनियो अहिले सरकारले हामीाई कुनै सुचना नै नदिई रेल मार्ग नापी गरी सकेछ मेरो ३ बाली तेखी हुने करिब १४ कठ्ठा जमिन लाने रहेछ । पहिले सुचना दिएन अस्ति जेष्ठ २८ गते सुचना पत्रिकामा निकालेको रहेछ । बेलबारी वार्ड नं. १० गएर बुझ्दा पो थाहाँ भयो ’ तमाङले कोशीपोष्ट संग कुरा गदै भने । सरकारले त्यस ठाउँमा चलेको दरले जमिनको मुल्य नदिए सालभरी भात खाने खेत रेल मार्गलाई नदिने तमाङले बताए । ‘सुन्दैछु सरकारले प्रतिकठ्ठा २० हजारको दरले मौजात दिन्छ रे त्यो हामी स्वीकार गदैनौ अहिले मेरो खेती भएको आसपासमा कठ्ठाको ६ लाखले किनेबेच भइरहेको छ । जमिनको मुल्य सरकारले दिन सकेन भने हामी रेल बाटो जान दिदैनौं हाम्रो जमिन देखि विकासको नाममा हामीलाई सुकुम्बासी बनाउन खोज्दैछ यो सरकारले जानी जानी किन खेती योग्य जमिन देखि रेल मार्ग लानु प¥यो ? सालभरी भात खाने खेत नभएपछि हामीले के खाने सबै जग्गा धनीलाई पहिलै सुचना दिनु पर्ने थियो तर सरकारले हामीलाई सुचना नै दिएन एकासी अहिले सुचना निकालेको रहेछ समय पनि छैन अहिले बर्खे धान उठाएर मंसिरे धान रोप्न हतार भएको बेला यो सरकारले के गर्न खोजेको अहिले पो फारम भर्न लगाउछ ’ गुनासो पोख्दै तमाङले भने
अहिले भने नेपालको पूर्वपश्चिम रेल सेवासँगै भारतीय रेल सञ्जालमा नेपाल जोडिने कुरा उठ्न थालेको छ । तर, नेपालमा रेल छैन । पूर्वपश्चिम राजमार्गको कुल लम्बाई झण्डै ९ सय ५० किलोमिटर हुन सक्ने बताईएको छ । पूर्वपश्चिम रेलमार्ग सरकारले राष्टिय गौरवको आयोजनाको रुपमा उच्च प्राथमिकतामा राखेर काम गरिरहेको रेल विभागले जनाएको छ । रेलमार्गको वास्तविक लम्बाई भने विस्तृत परियोजना प्रतिवेदन अर्थात डिपिआर तयार भएपछि सार्वजनिक हुने भनिएको छ । विभिन्न खण्डमा पूर्वपश्चिम रेलमार्ग बनाइने भएको छ । विभिन्न खण्डको डिपिआरको काम सम्पन्न भैसकेको छ । रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रशा उपाध्यायले रेल विभागले निरन्तर काम गरिरहेको बताईन । महोत्तरीको बर्दिबासबाट झापाको काकडभिट्टासम्मको रेलमार्ग निर्माणका लागि चिनियाँ कम्पनीहरुले इच्छा देखाएका छन । यो मार्ग तुलनात्मक रुपमा सजिलो समेत छ । बुट मोडलमा आयोजना बनाउन चिनियाँ पक्ष तयार छ । त्यसका लागि कन्सेप्ट पेपर तयार गरेर फेरि अर्को चरणको छलफल हुनेछ । बुट प्रणालीअन्तर्गत ३० वर्षका लागि निर्माण गरेर सञ्चालनको समय दिनेगरी चिनियाँ पक्ष काम गर्न इच्छुक रहेको स्रोतको भनाई छ ।
पानी पैनी लाग्ने ३ बाली खेती हुने खेतबाट रेल मार्ग लैजानले नलबारीका कृषकहरु सुकुम्बासी बन्ने स्थानीय गोबिन्द न्यौपाने बताउँछन् । ‘रेल बाटो आउँदा नेपालमा विकास हुन्छ हामीलाई पनि थाहाँ छ तर विकासको नामले हामीलाई सुकुम्बासी बनाएर सरकारले विकास गर्छ भने त्यो हामी नलबासीका किसानलाई मान्य हुने छैन । खेती योग्य जमिनको पैसा सरकारी दरले प्रतिकठ्ठा २० हजार बुझेर बसाई जानु भन्दा यही आत्महत्य गर्नु ठिक हुन्छ मेरो त घर पनि जाने भयो जग्गा पनि आधा जाने भयो यही जग्गाको सायतले छोराछोरी पालन पोषण गदै आएको थिए सरकारले थाहाँ नै नदिई अहिले सुचना निकाल्दा हामीलाई सपना जस्तो लागेको छ ’ न्यौपानेले दुखेसो पोखे ।
महोत्तरीको बर्दिबासबाट सुनसरीको इटहरी र इटहरीबाट झापाको काँकडभिट्टासम्म २ सय ५० किलोमिटर सडकको डिपिआर कोरियन कम्पनीले तयार पारेको छ । यो रेलमार्ग बनाउन प्रतिकिलोमिटर ७० करोड नेपाली रुपैयाँ लागत पर्ने अनुमान गरिएको छ । नेपाल सरकारले अहिले बनाउने प्रकृयामा रहेका पूर्वपश्चिम रेलमार्गका विभिन्न खण्डको नोक्सान र काममा खासै ध्यान दिन सकेको छैन । चीन काठमाडौं रेलमार्ग र भारत काठमाडौं रेलमार्गको चर्चामा सरकार अल्मलिएको देखिन्छ । पूर्वपश्चिम रेलमार्ग बन्न लागेकोमा खुशी व्यक्त गदै सरकारले बेलबारी नगरपालिका वार्ड नं. –१० नलबारीका किसानहरुलाई सुकुम्बासी बनाउन लागेको स्थानीय कृषक प्रतिमा न्यौपानेले बताईन् । ‘ हामी किसानका छोराछोरी हँु यही ठाउँमा जन्मेर यही ठाउँमा बसीरहेका छौं यही जमिनबाट उब्जाऊ भएका अन्नवालीले बाचीरहेका छौं तर रेलमार्गले जग्गा लैजान लागेको सुन्दा हामीलाई भोक निन्द्र लाग्न छाडेको छ ।
देशमा अहिले नेकपा (कम्युनिष्टको) सरकार छ यो सरकारले कृषि प्रधान देशको नारा लगाउदै खेती योग्य जमिन मासेर किसानलाई सुकुम्बासी बनाउन लागेको छ । यदि त्यसो गर्न लागेको हो भने हामी त्यसो हुन दिदैनौं यो रेलको विकास हामीलाई चाहिदैन सरकारले हाम्रो जग्गाको सही मुल्य दियो भने मात्र हामी हाम्रो जग्गा छाड्छौ नत्र विकासले ल्याउन लागेको विनासलाई रोक्न पूर्वपश्चिमका हामी रेलमार्ग पिडित एक भई आन्दोलनमा जान्छौं । सरकारले हाम्रो पनि कुरा सुन्नु पर्छ यदि सुनेन रेलबमार्ग कार्य रोक्न हामी बाध्य हुनेछौं ’ न्यौपानेले दुखेसो पोख्दै भनिन् ।
नेपाल दुवै छिमेकी देशसंग पारस्परिक रुपमा रेलमार्ग जोडिनु खुसीको कुरा हो । तर सरकारले रेलमार्गमा परेका जनताको सम्पतिको सही मुल्यङ्ककन गरी मुआब्जा दिन नसके रेलमार्ग निर्माणमा समस्य उत्पन्न हुने देखिन्छ । समस्यलाई बेलैमा समधान गरेर अघि बढ्न सके सरकारले हरेक विकासे काममा जनताको ताली र स्यावासी पाउँछ ।