समाचारसमाज

छिमेकीको हत्या गरेर गोरे फरार, पक्राउ गर्न सबै सीमा नाकामा प्रहरी परिचालन

कञ्चनपुर,

कञ्चनपुरको पुनर्वासमा शनिबार राति धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । पुनर्वास नगरपालिका –५ का ५० वर्षीय गोपाल कुँवरको हत्या भएको जिल्ला प्रहरी कार्यालय (कञ्चनपुर) का प्रहरी नायव उपरिक्षक अमर थापाले जानकारी दिएका छन् । हत्यामा उनकै छिमेकी ४० वर्षीय गौरव खड्का (गोरे) को संलग्नता रहेको प्रहरीले जनाएको छ । घटनापछि उनी फरार छन् । घटनाको कारण खुल्न सकेको छैन ।

उनको खोजी भइरहेको प्रहरी थापाले जानकारी दिए । उनी भाग्न जान सक्ने सम्भावित सबै नाकामा प्रहरी खटाइएको उनले बताए । धनगढीबाट कुकुर समेत ल्याएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले प्रहरी उपरिक्षक मुकुन्द मरासिनी पनि पुगेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button