धरान,
सुनसरीको धरानमा मिडिया सम्बन्धी कानुनको जानकारी गराउँदै संचारकर्मीलाई संचार सामाग्री वितरण गरिएको छ । निर्वाचन क्षेत्र बिशेष कार्यक्रमको सहयोग तथा रूपान्तरण नेपालको आयोजनामा संचारकर्मीहरुलाई संचार सामाग्री वितरण गरिएको हो ।
धरानका करिव २५ जना संचारकर्मीलाई प्रेस लेखिएको ज्याकेट , माक्स , डटेपन र डायरी वितरण गरिएको थियो ।
मिडिया कानुन सम्बन्धी सहजिकरण कानुनविद तथा ब्लास्ट टाइम्सका प्रधान सम्पादक किशोर कुमार कार्काीले गरेका थिए । रूपान्तरण नेपालको अध्यक्ष सविता चम्लिङ्गले मिडिया सम्बन्धी कानुनको जानकारी अग्रज पत्रकारलाई रिफ्रेश र नयाँ आउने पत्रकारहरुका लागि कार्यक्रमले सहयोग पुग्ने बताईन् । कार्यक्रममा बोल्दै प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीले फन्टमा काम गर्ने संचारकर्मीलाई संचार सामाग्री र मिडिया सम्बन्धी कानुनको जानकारीले सहयोग हुने बताए ।