
धनकुटा,
नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष सहित ७३ जनाले घरभाडा छुट गरेकाले धनकुटा उद्योग बाणिज्यले सम्मान गरेको छ । पत्रकार महासंघका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ सहित ७३ जनाले घरभाडा छुट गरी सहयोग गरेको भन्दै बाणिज्य संघले सम्मान गरेको हो ।
नेवा दे दबुका केन्द्रिय उपाध्यक्ष तथा धनकुटा जिल्ला अध्यक्ष नविन किशोर शाक्य,सहिद रामकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठानका उपाध्यक्ष सत्य नारायण श्रेष्ठलगायत धनकुटा बजारका ७३ जना समाजसेवीहरुले घर भाडा मिनाहा गरी सहयोग गर्नु भएकोले धनकुटा उद्योग बाणिज्य संघले शनिबार (आज) दोसल्ला तथा खादा ओढाएर टिका लगाई दिई सम्मान गरेको छ ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,कोषाध्यक्ष रुपेश श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघ महिला समितिका केन्द्रिय सदस्य रेणु श्रेष्ठ,कार्यकारी सदस्यहरु,रेजिना पलिखे,रेवती प्रसाद अधिकारी, अम्विका धमला,सुनिता थापाले नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, नेवा दे दबुका केन्द्रिय उपाध्यक्ष तथा धनकुटा जिल्ला अध्यक्ष नविन किशोर शाक्य,सहिद रामकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठानका उपाध्यक्ष सत्य नारायण श्रेष्ठलगायता बजारका ७३ जनाले घर भाडा मिनाहा गरी सहयोग गरेका छन् ।
लक डाउनमा व्यापार व्यावसाय बन्द भई ठूलो आर्थिक संकटमा परेका व्यापराी तथा व्यावसायीहरुलाई घर भाडा छुट गरी दुखमा साथ दिने धनकुटा नगरपालिका वडा नं.–६ का समाजसेवी हिरादेवी श्रेष्ठ,कविता श्रेष्ठ,रजिता श्रेष्ठ,बिमला श्रेष्ठ,यूवा समाजसेवी विजय शेखर श्रेष्ठ,घनश्याम श्रेष्ठ प्रभा श्रेष्ठ,सिर्जना श्रेष्ठ,रिना उदास शाक्य,युनिश किशोर शाक्य,रियाना शाक्य,धनकुटा वडा नं. ७ हलाकटोलकाका समाजसेवी प्रज्वलमान श्रेष्ठ, पम्फा श्रेष्ठ,महेश ढकाल,सिता ढकाललाई पनि आजै धनकुटा उद्योग बाणिज्य संघको तर्फबाट दोसल्ला ओढाएर टिका लगाई दिई सम्मान गरेको छ ।
घर भाडा छ्ट गरी सहयोग गर्ने घरधनीहरुलाई धन्यावाद दिदै घर भाडा छुट गर्न बाँकी घरधनीहरुलाई घर भाडा छुट गरी संकटमा सहयोग गरी गुन लगाउन बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले सवैलाई अनुरोध समेत गरे ।
https://www.youtube.com/watch?v=08zI5uKnDKw