समाचारस्थानीय

धरानको असफल एडीबी खानेपानी आयोजना जिम्मा लिन नेकपाको ब्ल्याकमेलिङ ः गोले

धरान,

धरानमा परीक्षणकालमा रहेको असफल एडीबी खानेपानी आयोजना जिम्मा लिन नेकपाले अतारो लगाएको छ । एशियाली विकास बैंक(एडिवी) को ऋणमा ल्याइएको करिव ३ अरबको असफल खानेपानी आयोजना जस्तो छ त्यस्तै जिम्मा लिईहल्न र खानेपानी व्यवस्थापन बोर्डमा नेपाल खानेपानी संस्थानको धरान शाखालाई गाभीहाल्न नेकपाका जनप्रतिनिधिहरुले ब्ल्याकमेलिङ गरिरहेको नेपाली कांग्रेसका जिल्ला सचिव एंव सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिका संयोजक सुजेन्द्र गोलेले बताएका छन् । उपनिर्वाचनवाट नगर प्रमुख निर्वाचित भएका नेपाली कांग्रेसका धरान नगर सभापति तिलक राईलाई नगरको परिषद र कार्यापालिकामा दुईतिहाई भएको आडमा परियोजना जिम्मा लिन नेकपाले ब्ल्याकमेलिङ गरेको गोलको भनाई छ । नगर प्रमुख तिलक राईको नाममा बेरुजु भएको भन्दै

आयोजना जिम्मा लिन र संस्थानलाई बोर्डमा गाभ्न कार्यपालिका र नगर परिषद वहिष्कार गरेर ब्ल्याकमेलिङ गरीरहेको उनको आरोप छ । दुईतिहाईको दम्भमा नेकपाका जनप्रतिनिधिहरुले आफैले विज्ञको समिति बनाई आयोजनाको मूल्यांकन तथा प्राविधिक र आर्थिक परीक्षण गर्ने र विज्ञको प्रतिवेदनको आधारमा आवश्यक निर्णय लिइने भनी कार्यापालिका बैठकमा गरेको निर्णयको समेत प्रवाह नगरी दवाव र व्ल्याकमेलिङ गर्नुले आयोजनामा ठुलै चलखेल भएको हुनसक्ने संयोजक गोलेको भनाई छ ।

आयोजना अनुगमन समितिका संयोजक समेत रहेका गोलेले आयोजनाले डिपिआर र सम्झौता बमोजिम कुनैपनि लक्ष्य पूरा गर्न नसकेको बताए । आयोजनाले सन् २०३१ सम्ममा वृद्धि हुने जनसंख्यालाई ७ मिटरको प्रेसरमा दैनिक न्यूनतम् १६ घण्टा शुद्ध पानी उपलब्ध गराउने भनिएपनि वर्षायाममा समेत उक्त मापदण्ड र लक्ष्य हासिल भएको नपाइएकाले प्राविधिक र व्यवहारिक रुपमै आयोजना असफल भईसकेको उनले बताए । हाल दिन विराएर पानी वितरण गर्ने गरेको, उपभोक्ताले पानीमोटर जडान गर्नुपरेको, धमिलो र लेदो मिसिएको पानी खान वाध्य भएको तथा कतिपय वडाहरुमा परीक्षण अवधिमै अहिले पनि ट्याङकरवाट पानी उपलब्ध गराउनु परेको, डिपिआर विपरित थप २ वटा वेल निर्वाचन आचारसंहिता उल्लंघन गरी निर्माण गरेको जस्ता ज्वलन्त उदाहरणले पनि आयोजना असफल भएको पुष्टि भएको संयोजक गोलेले बताए ।

https://www.youtube.com/watch?v=08zI5uKnDKw&t=19s

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button