
धरान,
सुनसरीको धरानमा लागुऔषध गाँजा खेती तथा विक्री गर्ने एक जना युवक पक्राऊ परेका छन् । अवैधरुपमा गाँजा खेती र बिक्री गर्ने धरान –१३ का २९ बर्षीय नविन मगर पक्राऊ परेको हो । मगरलाई इलाका प्रहरी कार्यालय धरानले गाँजासहित पक्राउ गरेको जनाएको छ । गाँजा घरबाट बेचबिखन गर्ने गरेको बिशेष सुचनाको आधारमा प्रहरी टोलीले उनलाई पक्राउ गरिएको धरान ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । मगर बस्ने घरमा खानतलासी गर्दा बेच्नलाई तयारी बनाएको ३०० ग्राम तयारी गाँजा फेला परेको उपरिक्षक बस्नेतले बताए ।
यस्तै, बारीमा लगाएको १३ बोट हरियो गाँजा पनि भेटिएको थियो । उनलाई हरियो १३ बोट गाँजा र बरामद ३०० ग्राम गाँजासहित असार २८ गते (आइतबार) अनुसन्धानको लागि लागूऔषध (गाँजा) मुद्दामा म्याद थप भई अनुसन्धान भईरहेको छ, ईलाका प्रहरी कार्यालयले जनाएको छ । उपरिक्षक बस्नेतका अनुसार मगरले घरमै गाँजाको बोट रोपेर उत्पादन गर्ने गरेका छन् । यस्तै, अन्यत्रबाट पनि ल्याएर बिक्री गर्ने गरेको खुलेको छ ।