
धरान,
सुनसरी धरानका जनप्रतिनिधि तथा कर्मचारीको नाममा करोडौ रकम बेरुजु रहेको भन्दै नेपाली कांग्रेसले धरानमा रहेको बेरुजु तथा बाँकी बक्यौता रकम फछ्र्यौट गर्न माग गरेको छ । २०७७ असार ३० मंगलबार एक विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस धरान उपमहानगर समितिले पञ्चायत कालदेखि अहिलेसम्मका जनप्रतिनिधी, उपभोक्ता समिति, सामाजिक संघ संस्थाहरु, नगरपालिकाका कर्मचारी लगायतको नाममा बेरुजु रकम यथेस्ट रहेको भन्दै त्यस्तो रकम तुरुन्त फट्र्यौट गराउन माग राखेका छन् ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईको नाममा रहेको बेरुजु रकम नगरपालिकाकै प्राविधिकका कारण बेरुजु देखिएको बताइएको छ । मेयर तिलक राईले २०६० सालमा तत्कालिन अवस्थामा बुद्ध चोक क्षेत्र को विकासको क्रममा चोक बिस्तार, ड्रेन तथा फुटपाथ र पिचको कमम सम्पन्न गरेको भन्दै त्यसको अभिलेख स्वरुप मान्युट रहेको दाबी गरेको छ । मेयरको मात्रै नाम उल्लेख गरेर बेरुजु सम्बन्धी नियोजित ढंगले समाचार निकालेर भ्रम फैलाउन खोजेको कांग्रेसको भनाई छ । नेपाली कांग्रेस धरान उपमहानगर समितिका उपसभापति महेन्द्र तामाङले विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।
https://www.youtube.com/watch?v=d878ONBNCrA&t=123s